ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
शनिबार , असार ६, २०८३

डोल्पा: हिमाली जिल्ला डोल्पामा निर्माणाधिन १०६ मेघावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजना निर्माणको काम अघि बढाउन निर्देशन दिएको छ। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्माणाधीन जगदुल्ला जलविद्युत् आयोजनालाई कानुन विपरीत नहुने गरी आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो।

 

बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकले आयोजना निर्माणमा उठेका उजुरीबारे छलफल गर्दै कानुनी प्रक्रिया पूरा गरी काम अघि बढाउनुपर्ने निष्कर्ष निकालेको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए। सभापति पोखरेलले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएकाले यसमा थप छलफल आवश्यक नरहेको समेत बताएका छन् ।

 

अहिले जगदुल्ला हाइड्रोपावर कम्पनी निर्माणका लागि ठेक्का प्रक्रियामा विवाद हुँदा दुई महिनादेखि निर्माण कार्य रोकिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए।

जगदुल्ला जलविद्युत आयोजना निर्माण प्रक्रियाको लागि सिनो हाइड्रो कम्पनीले ठेक्कासम्बन्धी उजुरी दिएपछि आयोजना बारे विभिन्न निकायहरूले अनुसन्धान गरिरहेका छन्।

दुई महिना देखि विद्युत निर्माणको काम रोकिएपछि डोल्पा देखि प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशसभा सदस्य वीर बहादुर शाही र प्रतिनिधि सभा सदस्य धन बहादुर बुढाले सभा मार्फत नै सार्वजनिक लेखा समितिको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP