डोल्पा : श्रम तथा उत्पादनमा वाइसियल (YCL) नेपाल अभियान अन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–११, मुहु देखि बन्तडी सम्मको सडक मर्मत तथा निर्माणमा श्रमदान गरिएको छ ।



नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसियल डोल्पा जिल्ला समितिको अगुवाइमा, नेकपा माओवादी केन्द्र जिल्ला पार्टी र स्थानीयवासीको सक्रिय सहभागिता सहित सडक मर्मत गरिएको वाइसियलका डोल्पा इन्चार्ज देबिसर बूढाले जानकारी दिए। बुधबार दिनभर श्रमदान मार्फत उक्त ठाउँको सडक मर्मत तथा निर्माण गरिएको इन्चार्ज बूढाले जानकारी दिए।

उक्त सडक खण्डमा वर्षाले पहिरो आई विभिन्न ठाउँमा सडक अवरुद्ध भएपछि जुम्ला- डोल्पा सडक खण्ड अवरुद्ध भएको थियो । युक्त ठाउँको सडक अवरुद्ध हुँदा विशेष गरी डोल्पाको जगदुल्ला गाउँपालिका देखि डोल्पा सदरमुकाम दुनै जाने स्थानीय समस्या परेका थिए। वाइसियल द्वारा सडक निर्माण पछि अब भने आवतजावतमा सहज भएको छ।

सडक निर्माणमा वाइसियल सहित नेकपा माओवादी केन्द्रका डोल्पा संयोजक धर्मजीत बोहोरा ‘विस्फोट’ , नेकपा माओवादी देखि निर्वाचित त्रिपुरासुन्दरी नगरपालिका ८ का वडा अध्यक्ष चन्द्ररुप रावत लगायत वाइसियलका सदस्यहरूको उपस्थिती रहेको थियो।

अहिले वाइसियलले श्रम तथा उत्पादनमा वाइसियल अभियान अन्तर्गत जिल्ला भित्रका केही पालिकामा भत्किएका धार्मिक, सामुदायिक तथा सार्वजनिक संरचना मर्मत र निर्माणमा अभियान चलाइरहेको छ ।

यही अभियानकै क्रममा भर्खर मात्रै वाइसियलले ठुलीभेरी नगरपालिका १० परिला गाउँमा अवस्थित लसुरे देवताको मन्दिर निर्माण कार्यको सुरुवात गरेको थियो। अभियानकै क्रममा वाइसियल टोली भोलि जगदुल्ला गाउँपालिकामा जाने छ र त्यहाँ पनि एकदिन श्रमदान गरिने जनाइएको छ।












