सुर्खेत: जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा एक जना थुनुवाको मृत्यु भएपछि मृतकका आफन्तहरूले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्।



शुक्रबार बिहान लागुऔषध कारोबार मुद्दामा थुनामा रहेका वीरेन्द्रनगर– ११ पिपिराका ३५ वर्षीय गंगे सुनारको मृत्यु भएपछि उनका आफन्तले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

शुक्रबार बिहान ५ः५८ बजे ओछ्यानमै बेहोस अवस्थामा फेला परेका सुनारलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले अस्पतालमा मृत घोषणा गरेका थिए।
http://प्रहरीको हिरासत कक्षमै थुनुवाको मृत्यु https://ranginpati.com/3733/
मृत्युपछि हिरासतको सीसीटीभी फुटेज हेरिएकोमा कुनै असामान्य गतिविधि नदेखिएको प्रहरीले जनाए पनि मृतकका आफन्तहरूले भने प्रहरीले संवेदनशील अंगमा हानेर मारेको भन्दै प्रदर्शन गरिरहेका हुन ।
मृतक सुनार ७८ दिनदेखि प्रहरीको हिरासत कक्षमा थिए र शुक्रबार नै उनको मुद्दाको पेसी थियो।












