ताजा
नेकपा मुड्केचुला गाउँकमिटीको प्रथम बैठक: इन्चार्जमा पवन र संयोजकमा आकार निर्विरोध  ||    डोल्पा महोत्सव : गंगु, ज्योति,प्रकाशदेखि दुर्गेशसम्मले तताउँदैछन् दुनैको माहोल  ||    डोल्पाका प्रत्येक गाउँ-गाउँमा पुग्दै नेकपा, असोजभित्र संगठन विस्तार र अधिवेशन सक्ने  ||    झुटो प्रतिवेदन बनाएर भुक्तानी, जनप्रतिनिधिसहित १० जनाविरुद्ध मुद्दा  ||    कर्णालीमा कँडेल सरकार संकटमा, कांग्रेस-नेकपाले अविश्वासको पक्षमा मतदान गर्ने   ||    सुर्खेतमा फोर्स गाडी दुर्घटना: १९ जना घाइते, तीनको अवस्था गम्भीर  ||    भेरी करिडोर : त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा अवरुद्ध सडक खुल्यो  ||    भेरी करिडोर: त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा सडक अवरुद्ध, घण्टौँपछि खुलाउने तयारी  ||   
मंगलबार , साउन १२, २०८३

सुर्खेत: सुर्खेतको वीरेन्द्रनगर–६ सनिहल लाइनस्थित एक सुपर मार्केटमा भएको आगलागी प्रकरणमा संलग्न रहेको आरोपमा १ जना पक्राउ परेका छन् ।

गत कार्तिक ३० गते आईतबार बिहान ४:२० बजे धन बहादुर जि.सी.ले सञ्चालनमा ल्याएको १८ सटरको दुईतले टिनको छानो भएको सुपर मार्केटभित्र आगलागी हुँदा दुई वटा पसल जलेर नष्ट भएका थिए।

सटर नं.–१ मा रहेको जुना कुमारी बोहराले सञ्चालन गरेको नवदुर्गा बेबी शप र सटर नं.२ मा खगिसरा बुढा रोकायाले सञ्चालन गरेको शान्ताको अचार पसल पनि जलेर पूर्ण रूपमा क्षति भएको थियो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आगलागी चार दिन सम्मको अनुसन्धानका क्रममा आगलागीमा संलग्न फरार रहेका वीरेन्द्रनगर ८ बस्ने २८ वर्षीय दीपक कँडेललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एबम् प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।
प्रवक्ता बुढथापाका अनुसार प्रहरीले आगलागीको कारण, क्षतिको पूर्ण विवरण र कँडेलको संलग्नताबारे आवश्यक अनुसन्धान जारी रहेको समेत छ ।

ऊनका अनुसार बेबी शप सञ्चालक र पक्राउ परेका कँडेलबीच अंशबन्डाको विवाद थियो । सोही विवादका कारण दीपकले भाउजुको पसलमा आगो लगाएको बुझिएकाे छ ।
उक्त दिन घटनास्थलमा खटिएको प्रहरी टोली र दमकलको सहयोगमा बिहान ५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP