ताजा
नेकपा मुड्केचुला गाउँकमिटीको प्रथम बैठक: इन्चार्जमा पवन र संयोजकमा आकार निर्विरोध  ||    डोल्पा महोत्सव : गंगु, ज्योति,प्रकाशदेखि दुर्गेशसम्मले तताउँदैछन् दुनैको माहोल  ||    डोल्पाका प्रत्येक गाउँ-गाउँमा पुग्दै नेकपा, असोजभित्र संगठन विस्तार र अधिवेशन सक्ने  ||    झुटो प्रतिवेदन बनाएर भुक्तानी, जनप्रतिनिधिसहित १० जनाविरुद्ध मुद्दा  ||    कर्णालीमा कँडेल सरकार संकटमा, कांग्रेस-नेकपाले अविश्वासको पक्षमा मतदान गर्ने   ||    सुर्खेतमा फोर्स गाडी दुर्घटना: १९ जना घाइते, तीनको अवस्था गम्भीर  ||    भेरी करिडोर : त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा अवरुद्ध सडक खुल्यो  ||    भेरी करिडोर: त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा सडक अवरुद्ध, घण्टौँपछि खुलाउने तयारी  ||   
मंगलबार , साउन १२, २०८३

डोल्पा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले डोल्पा जिल्लाको नयाँ कार्यविभाजन गर्दै हंसबहादुर शाहीलाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको छ।

नेकपा केन्द्रीय समितिले जिल्ला इञ्चार्ज, सहइञ्चार्ज, संयोजक तथा सहसंयोजकहरूको कार्यविभाजन सम्बन्धमा कर्णाली प्रदेश समितिबाट प्राप्त सिफारिसका आधारमा डोल्पाको जिम्मेवारी हेरफेर गरेको हो।

पार्टीले गरेको कार्यविभाजन अनुसार शाहीलाई जिल्ला इञ्चार्ज र जिल्ला सहइञ्चार्जमा काली चलाउने, छक्क धराला, मालबहादुर रोकाया र लंकबहादुर शाहीलाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी धर्मजित बोहोरालाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको छ भने बबिकिशोर गुरुङ र विरमल भण्डारी सहसंयोजकमा मनोनित भएका छन्।
पार्टीले नयाँ जिम्मेवारी प्राप्त नेताहरूको नेतृत्वमा जिल्लामा संगठन सुदृढीकरण, जनपरिचालन तथा पार्टी गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको जनाएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपाले डोल्पाबाट विजय हासिल गरेको थियो। पार्टीले उक्त सफलतापछि संगठनलाई थप सशक्त बनाउने उद्देश्यले नयाँ कार्यविभाजन गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP