ताजा
नेकपा मुड्केचुला गाउँकमिटीको प्रथम बैठक: इन्चार्जमा पवन र संयोजकमा आकार निर्विरोध  ||    डोल्पा महोत्सव : गंगु, ज्योति,प्रकाशदेखि दुर्गेशसम्मले तताउँदैछन् दुनैको माहोल  ||    डोल्पाका प्रत्येक गाउँ-गाउँमा पुग्दै नेकपा, असोजभित्र संगठन विस्तार र अधिवेशन सक्ने  ||    झुटो प्रतिवेदन बनाएर भुक्तानी, जनप्रतिनिधिसहित १० जनाविरुद्ध मुद्दा  ||    कर्णालीमा कँडेल सरकार संकटमा, कांग्रेस-नेकपाले अविश्वासको पक्षमा मतदान गर्ने   ||    सुर्खेतमा फोर्स गाडी दुर्घटना: १९ जना घाइते, तीनको अवस्था गम्भीर  ||    भेरी करिडोर : त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा अवरुद्ध सडक खुल्यो  ||    भेरी करिडोर: त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा सडक अवरुद्ध, घण्टौँपछि खुलाउने तयारी  ||   
मंगलबार , साउन १२, २०८३

डोल्पा। हिमाली जिल्ला डोल्पामा नेपाल वायु सेवा निगमले हप्तामा दुईदिन उडान गर्ने भएको छ ।

बाँकेको नेपालगञ्ज विमानस्थलदेखि नेपाल वायु सेवा निगमको जहाजले डोल्पाको जुफाल विमानस्थलमा नियमित हवाई सेवा विस्तार गर्दै अब हप्तामा दुई दिन उडान सञ्चालन गर्ने भएको छ।

निगमको डोल्पा स्टेशनका अनुसार नेपालगञ्ज विमानस्थलबाट डोल्पाको जुफाल विमानस्थलसम्म हप्ताको प्रत्येक मङ्गलबार र बिहीबार नियमित उडान हुनेछ। यसअघि निगमको जहाजले हप्ताको मङ्गलबार मात्रै उडान गर्दै आएको थियो।

स्टेशनका सहायक कर्मचारी डम्मरबहादुर खत्रीका अनुसार यात्रुहरूले उडानको टिकट ई-सेवामार्फत अनलाइनबाट पनि सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। साथै, टिकट बुकिङ तथा उडानसम्बन्धी थप जानकारीका लागि जुफालस्थित नेपाल वायु सेवा निगमको कार्यालयमा प्रत्यक्ष सम्पर्क गर्न सकिनेछ।

निगमको सेवा असार २३ गतेदेखि केही समय बन्द रहेकोमा अब पुनः नियमित रूपमा सञ्चालनमा आउने जनाइएको छ।  निगमका अनुसार डोल्पाबाट नेपालगञ्जसम्मको टिकट ८ हजार ३५५ रुपैयाँ र नेपालगञ्जबाट डोल्पासम्मको टिकट ८ हजार ४५५ रुपैयाँ भाडादर निर्धारण गरिएको छ ।

निगमले नयाँ उडान तालिका सार्वजनिक गरेसँगै डोल्पावासी तथा अन्य यात्रुलाई नियमित हवाई सेवा उपयोग गर्न थप सहज हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP