ताजा
नेकपा मुड्केचुला गाउँकमिटीको प्रथम बैठक: इन्चार्जमा पवन र संयोजकमा आकार निर्विरोध  ||    डोल्पा महोत्सव : गंगु, ज्योति,प्रकाशदेखि दुर्गेशसम्मले तताउँदैछन् दुनैको माहोल  ||    डोल्पाका प्रत्येक गाउँ-गाउँमा पुग्दै नेकपा, असोजभित्र संगठन विस्तार र अधिवेशन सक्ने  ||    झुटो प्रतिवेदन बनाएर भुक्तानी, जनप्रतिनिधिसहित १० जनाविरुद्ध मुद्दा  ||    कर्णालीमा कँडेल सरकार संकटमा, कांग्रेस-नेकपाले अविश्वासको पक्षमा मतदान गर्ने   ||    सुर्खेतमा फोर्स गाडी दुर्घटना: १९ जना घाइते, तीनको अवस्था गम्भीर  ||    भेरी करिडोर : त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा अवरुद्ध सडक खुल्यो  ||    भेरी करिडोर: त्रिपुरासुन्दरीको धाउने क्षेत्रमा सडक अवरुद्ध, घण्टौँपछि खुलाउने तयारी  ||   
मंगलबार , साउन १२, २०८३

डोल्पा। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) डोल्पाले संगठन सुदृढीकरण तथा जनसम्पर्क अभियानलाई तीव्र बनाउँन जिल्ला भित्रका प्रत्येक गाउँगाउँमा नेता-कार्यकर्ता परिचालन गर्ने भएको छ।

नेकपाले केन्द्रमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजबादी सहितको एकीकरणपछि बाँकी रहेका संगठनात्मक कामलाई टुङ्ग्याउन पहिलो चरणमा वडा र पालिका तहमा एकता बैठक सञ्चालनको लागि जिल्लाका प्रत्येक गाउँगाउँ पुग्ने र समायोजनको काम सम्पन्न गरिने नेकपाका संयोजक धर्मजित बोहोराले जानकारी दिए।

उनले उक्त अभियानमा पार्टी सदस्यता नवीकरण तथा विस्तार अभियानलाई समेत तीव्रता दिइने, वडा, पालिका र जिल्ला तहका अधिवेशन असोज महिनाभित्र सम्पन्न गर्ने गरी तयारी अघि बढाइएको बताए ।

उनका अनुसार नेकपाले ‘जनतासँग नेकपा’ अभियानअन्तर्गत जिल्ला तहका नेताहरूलाई पालिकाअनुसार जिम्मेवारी बाँडफाँड गरी गाउँ- गाउँमा पठाउने तयारी समेत गरेको छ।

अभियानमा घरदैलो, जनभेटघाट, जनश्रम तथा जनताका समस्या र सुझाव संकलन गर्ने कार्यक्रम सञ्चालन गरिने नेकपाका जिल्ला इन्चार्ज हंस बहादुर शाहीले जानकारी दिए ।

त्यस्तै सह- इन्चार्ज काली चलाउनेले आगामी प्रदेशसभा र स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने, संगठनलाई चलायमान बनाउने र विगतका कमजोरीलाई सच्याउँदै अघि बढ्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताइन ।

उनले भनिन्, ‘विगतमा भएका कमजोरीबाट सिकेर सच्चिदै जनताको बीचमा फर्किरहेका छौं। संगठनलाई बलियो बनाउँदै आगामी निर्वाचनको तयारीमा जुटेका छौं।’

नेकपाले यो अभियानलाई सफल बनाउन जिल्लास्थित सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP