ताजा
सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||   
सोमबार , असार १, २०८३

सुर्खेत: सुर्खेतमा युवा मानव अधिकार रक्षकहरुको सशक्तीकरणका लागि अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। “मानव अधिकार तथा सामाजिक न्याय अभियान” भन्ने मूल नारासहित सुर्खेतमा युवा मानव अधिकार रक्षक, निर्वाचित जनप्रतिनिधि तथा सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।कार्यक्रम युवा मानव अधिकार रक्षकहरूको सुरक्षा, पहिचान, सशक्तीकरण र सञ्जालिकरणलाई नीतिगत रूपमा प्रदेश र स्थानीय तहमा समेट्नुपर्ने मागमा केन्द्रित रह्यो।

कार्यक्रममा रोयम नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले संस्थाको परिचय दिंदै ‘एकता परियोजना’ अन्तर्गत युवा मानव अधिकार रक्षकहरूको भूमिका र आवश्यकता बारे जानकारी गराउनुभयो। रोयम नेपाल कर्णाली प्रदेश संयोजक सन्तोष बि.कले शुभकामना मन्तव्य दिँदै कर्णालीका १० वटै जिल्लामा युवा मानव अधिकार रक्षक सञ्जाल गठन भइसकेको बताउँदै स्थानीय तहसँग सहकार्यमा विविध कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिनुभयो।

 

कार्यक्रममा प्रमुख अतिथि पूर्व कानुन मन्त्री एवं प्रदेश सभा सदस्य कृष्ण बहादुर जि.सी. तथा विशिष्ट अतिथि प्रदेश सभा सदस्य जानकी सिंह हुनुहुन्थ्यो। अन्य अतिथिमा जिल्ला समन्वय समिति उपप्रमुख सचिन कुमार बडुवाल, विरेन्द्रनगर नगरपालिका वडा नं. १६ का अध्यक्ष डण्ड बहादुर विश्वकर्मा लगायत जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

युवा मानव अधिकार रक्षक सञ्जाल सुर्खेतकी अध्यक्ष पूजा दमाईको अध्यक्षता र सचिव ललिता विकको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा साझेदार संस्था AEIN का कार्यकारी निर्देशक फ्रयाङ्को विन्सफेल्ड, नेपाल प्रतिनिधि रमेश तोयना र डा. अनिता श्रेष्ठ सहितको टोलीले सहभागी युवाहरूसँग छलफल गरेका थिए।

छलफलमा सहभागी युवाहरूले आफ्नो अभियान र गतिविधिबारे जानकारी दिँदै नीतिगत सहकार्यको आवश्यकता औंल्याएका थिए। जनप्रतिनिधिहरूले मानव अधिकारको संरक्षण र सम्वर्द्धनका लागि प्रतिबद्धता जनाउँदै नीति, कार्यक्रम तथा बजेटमा युवासम्बन्धी विषय समेट्ने प्रतिवद्धता जनाएका छन्।

फोटो: सन्तोष विक

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP