ताजा
सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||   
सोमबार , असार १, २०८३

डोल्पा: त्रिपुरासुन्दरी नगरपालिका सबैको लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना (वास एकाई) ले खानेपानी योजना दिगो सुचारुपनको लागि मर्मत सम्भार कार्यकर्तालाई प्रयोगात्मक ३ दिने तालिम दिएको छ।

वास एकाइको आयोजनामा नगरपालिका भित्रका खानेपानी उपभोक्ता समिति अन्तर्गतका मर्मत सम्भार कार्यकर्तालाई लक्षित गरी जेठ ३१ गते देखि संचालन गरिएको क्षमता विकास तालिमको मोड्युल-3 अन्तर्गत मर्मत तथा सम्भार सम्बन्धी तीन दिने तालिम शुक्रबार सम्पन्न भएको छ।

ग्रामिण खानेपानी सेवा सहायता केन्द्र (SSC) सम्बन्धी उपभोक्ता समितिलाई क्षमता विकास तालीम वैशाख ३१ गते देखि जेठ २ गते त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ८ मा संचालन गरिएको थियो ।

नगरपालिका भित्रका खानेपानी उपभोक्ता समितिका १६ जना मर्मत सम्भार कार्यकर्तालाई सहभागी तालिममा सहभागीहरुलाई  दिगो खानेपानीको लागि मर्मत सम्भार कार्यको व्यवहारिक अभ्याससमेत गराइएको थियो।

वास एकाई प्रमुख धनप्रसाद बुढाका अनुसार हाल नगरपालिका भित्रका खानेपानी नपुगेका क्षेत्रहरूमा बृहत खानेपानी योजना निर्माणको तयारी भइरहेको छ। उनले खानेपानी सेवा पहुँच वृद्धि गर्नका लागि प्राविधिक दक्षता अभिवृद्धि अत्यावश्यक भएको बताए।

यस तालिममा सहभागी मर्मत सम्भार कार्यकर्ताहरु स्थानीय खानेपानी प्रणालीको नियमित मर्मत सम्भार गर्न सक्षम हुनेछन।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP