जाजरकोट: नेकपा माओवादी केन्द्रद्वारा सञ्चालन गरिएको जनतासँग माओवादी मध्य पहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत आज जाजरकोटको मनघाटमा विशाल जनसभाको आयोजना गरिएको छ।
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड द्वारा उद्घाटन हुने उक्त विशाल जनसभामा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा डोल्पा जिल्ला इन्चार्ज काली चलाउनेको नेतृत्वमा डोल्पाबाट एक प्रतिनिधिमण्डल सहभागी भएको छ। प्रतिनिधिमण्डलमा पार्टीका जिल्ला संयोजक धर्मजित बोहोरा लगायत जिल्ला स्थित पार्टीका अन्य नेताहरूको समेत सहभागिता रहेको छ।


डोल्पा बाट प्रतिनिधित्व गर्दै आएको टोलीले जनसभामा डोल्पाका जनताको पक्षमा आवाज उठाउने तथा अभियानको सन्देश जनस्तरसम्म पुर्याउने उद्देश्य राखेको जनाएको छ।
माओवादी केन्द्रले देशव्यापी रूपमा सञ्चालित यस अभियानलाई पार्टी सुदृढीकरण, जनसम्पर्क विस्तार तथा जनचेतना अभिवृद्धिको सन्दर्भमा महत्वपूर्ण अवसरको रूपमा लिएको छ।
तस्बिर: काली चलाउने












