ताजा
सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||   
सोमबार , असार १, २०८३

सुर्खेत। गणतन्त्र दिवसको अवसरमा कर्णालीको सामाजिक विकास मन्त्रालयलले बहुसांस्कृतिक प्रदर्शनी गर्ने भएको छ। जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा त्रीदिवसीय (१४, १५ र १६ गते) कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा प्रदेश सरकारले निर्णय गरेको छ।

दिवसका दिन आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वार मूल समारोह आयोजना हुनेछ। सामाजिक विकास मन्त्रालयद्वारा जेठ १४ गते रक्तदान कार्यक्रम, १४ र १५ गते खेलकुद सम्बद्ध कर्णाली प्रदेश स्थित पदाधिकारीहरूबीच राष्ट्रिय खेलकुद प्रतियोगिता सम्बन्धी कार्यशाला गरिनेछ भने जेठ १६ गते १ बजेदेखि बहुसांस्कृतिक प्रदर्शनी गरिने मन्त्री घनश्याम भण्डारीले जानकारी दिए।

परम्परागत संस्कृतिहरूको पुस्तान्तरण गर्न विद्यार्थीहरूबीच प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले सांस्कृतिक प्रदर्शनी कार्यक्रम राखिएको मन्त्री भण्डारीले बताए।
बहुसांस्कृतिक कार्यक्रम वीरेन्द्रनगस्थित सिटी हल परिसरमा सञ्चालन हुने सामाजिक विकास महाशाखा प्रमुख सुवर्ण खड्काले जानकारी दिए। उनका अनुसार कर्णाली प्रदेशस्थित परम्परागत संस्कृतिमा आधारित नृत्यहरू प्रदर्शन हुनेछन्। त्यसका लागि वीरेन्द्रनगस्थित सामुदायिक, निजी र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सहभागितामूलक नृत्य प्रस्तुत हुने जनाइएको छ।

प्रदर्शनीका लागि वीरेन्द्रनगर स्थित सामुदायिक, निजी र संस्थागत विद्यालयका प्रतिनिधिहरूबीच छलफल समेत भएको छ। छलफलका क्रममा विद्यालयहरूबाट सहभागितामूलक उपस्थिति जनाउने प्रतिवद्धता जनार्इएको छ।
विशेषगरी थारू नृत्य, घाँटु नृत्य, झाँगड नृत्य, शेर्पा नृत्य, गुरूङ नृत्य, मगर नृत्य, देउडा नृत्य, राउटे नृत्य, मयूर नृत्य, कौडा नृत्य, मारूनी नृत्य, सिंगारू नृत्य, हुड्के नृत्य, सोरठी, टप्पा, स्वदेश गान, लोक झ्याउरे लगायतका सांस्कृतिक नाँचहरू प्रदर्शन हुनेछन्।

साथै, मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीको सानदार प्रतिस्पर्धाका लागि खेल सम्बद्ध पादधिकारीहरूबीच कार्ययोजना निर्माण गर्न कार्यशाला हुने भएको छ। यसले आगामी वर्षहरूमा गर्ने कामहरूका बारेमा कार्ययोजना निर्माण गरिने युवा तथा खेलकुद महाशाखाले जनाएको छ। जेठ १४ र १५ गते दुर्इ दिवसीय कार्यशालामा खेलसँग सम्बन्धित विभिन्न संघ संस्थाहरूबाट सहभागिता रहने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP