डोल्पा: डाेल्पाकाे पाटनमा यार्सागुम्बा संकलन गर्न गएका जुम्ला घर भएका एक जनाकाे लेक लागेर मृत्यु भएको छ । यार्सा सङ्कलनको लागि डाेल्पाको पाटन गएका जुम्ला गुठिचाैर गाउँपालिका – १ मणिगाउँका ३५ वर्षीय भिमबहादुर बाेहाेराकाे लेक लागेर मृत्यु भएको हाे ।
बाेहाेराकाे ७ गते घरबाट यार्सागुम्बा खोज्न डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका- १ स्थित जगदुल्ला मध्यवर्ती पाटन क्षेत्रमा गएकाे बेला फर्कने क्रममा लेक लागेर मृत्यु भएको गुठिचौर अस्थायी प्रहरी चाैकी चाेत्राका प्रहरी निरिक्षक राेहित रसाइलीले जानकारी दिए ।


बाेहाेरालाई दिउसो २ बजे लेक लागेकाे थियाे ।साथीहरूले उपचारका लागि घर ल्याउने क्रममा बिच बाटाेमै बाेहाेराकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ।











