ताजा
कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||   
सोमबार , असार १, २०८३

डोल्पा: डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको वडा नम्बर १ का तीनसय घरधुरी दुई साता देखी बिजुली विहिन भएका छन् । छलगार्ड लघु जलविद्युत आयोजनामा प्रयोग भएको मेसिन बिग्रेपछि यस्तो समस्या निम्तिएको हो ।

विश्व वन्यजन्तु कोषको सहयोगमा १८ बर्ष अघि निर्माण भएको उक्त जलविद्युत अहिले स्थानीय उपभोक्ता समिति मार्फत चलिरहेको छ । नगरपालिकाको केन्द्र  समेत रहेको त्रिपुराकोट बगर बजारमा बत्ती नहुँदा दैनिक जनजीवन नै प्रभावित बनेको छ । रातीको समयमा स्थानियहरु खाना पकाउने तेलबाट बत्ती बालेर अध्यारो भगाउन बाध्य छन् ।

आयोजनाका कर्मचारी मोती प्रसाद हमालले एक्कासी मेसिनको बेरिङ बिग्रेपछि विद्युत सेवा अवरुद्ध भएको बताए । उनले बिग्रेको उपकरण बुटवलबाट मगाउनुपर्ने तर त्यसका निम्ती समितीसँग पैसा नभएको बताउँदै भने, ‘कहिलेसम्म अन्धकार हुने हो थाहा छैन् ।’

छलगार्ड लघु जलविद्युत आयोजनाका व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर बिष्टले समितिको खातामा रकम नभएकाले पालिकासँग समन्वय गरिरहेको बताए । भने, ‘अघि व्यक्तिसँग ऋण निकालेर बिग्रेको सामान ल्याएर बत्ती बालेका थियाै । पहिलेकै पैसा तिरेको छैन्, अब कसलाई भन्नु ?’

उता त्रिपुरासुन्दरी नगरपालिका १ नं वडा कार्यालयले भने विद्युतकाे सामान खरिदको प्रक्रिया कोटेशन मार्फत अघि बढाएको जानकारी दिएको छ।  ” सामान खरिदको सम्पूर्ण तयारी पूरा भै सकेको र केही दिनमा सामान कार्यालयमा आइपुग्ने छ ” वडा अध्यक्ष रामचन्द्र कुलालले भने” सामान कार्यालयमा आई पुग्नासाथ मर्मत गरी विद्युत सेवालाई निरन्तर गर्ने छौ”

विद्युत सेवा अवरुद्ध भएको महिनौ दिन पुग्न लाग्दा समेत स्थानीय सरकारले चासो नदिएको यहाँका नागरिकले गुनासो पोखेका छन्।विद्युत सेवा अवरुद्ध भए पछि यहाँका नागरिकको जनजीवन अन्धकारमय बनेको छ। विद्यार्थीको पठनपाठनमा समेत प्रभावित भइरहेको छ। विद्युत अझै कहिले बन्ने हो टुंगो छैन। एउटा मोबाइल फोन चार्जको लागि स्थानीय सोलार भएको घरमा शुल्क तिरी चार्ज लगाउन बाध्य छन्।

यही भाको विद्युतलाई स्थानीय सरकारले ध्यान नदिँदा वर्षौ देखि यहाँका नागरिकले सास्ती खेप्दै आइरहेका छन्। नगरपालिकाको प्रशासनिक केन्द्रमै रहेको विद्युत यसरी जीर्ण हुँदा समेत कसैको ध्यान जान सकेको छैन।

भाको भवन, बांध, विद्युतका सामग्री समेत जीर्ण हुँदै जाँदा विद्युतले साझ ६ बजे देखि बिहान ६ बजे सम्म मात्रै सेवा दीरहेको छ। यो सेवा पनि प्रभावित हुँदा यहाँका ३ सय घरधुरी दुई साता देखी अन्धकार जीवन बिताइरहेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP