ताजा
कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||   
सोमबार , असार १, २०८३

पुर्ण सार्की/डोल्पा : हिमाली जिल्ला डोल्पामा धान रोपाई सुरु भएको छ। मानो रोपेर मुरी फलाउने सिजनको रुपमा चिनिने धान रोपाई डोल्पाका त्रिपुराकोट, जुफाल, गल्ली, खदाङ, लिकु, दुनै, रल्ली लगायतका बस्तीहरूमा गरिँदै आएको छ।

जिल्लाको अधिकाशं भुगोल भिरालो एवं सिँचाई सुविधा विहिन भएकाले धान रोपाई सिमित क्षेत्रमा मात्रै गर्ने गरिन्छ । जिल्लाको अधिकांश भूगोलमा कोदो, फापर, चिनो, मकै लगायतका अन्नबाली मात्र लगाउने गरिन्छ। ।

बहुमुल्य जडिबुटी यार्सागुम्बाको टिप्ने चटारोसँगै डोल्पाली कृषहरूलाई धान रोपाईको चटारोले पनि भेटेको छ। धान रोपाईको सिजन सुरु भएसँगै डोल्पाका फाँटीला ज्युलाहरू खेतालाहरूले भरिभराउ भएका छन्। “रोप,रोप रोप्नेरीऔ असारमा गोडौली,आरु फुल्यो ड्यौटी दिम्ला माइत गई ओडौली”। धान रोप्दै खेतमा रोपाहारा यसरी धान रोपाईको गीत गाउदै धान रोपाइँका बेस्त देखिन्छन्।

परम्परागत बालीको रुपमा चिनिने धान रोप्न धेरै खर्चिलो हुने कृषहरू बताउँछन्। यार्सागुम्बा सिजन चलिरहेको बेला धान रोपाई सुरुहुने भएकाले खेताला नपाएर समस्या हुने त्रिपुरा सुन्दरी नगरपालिका १ का रवि प्रसाद न्यौपानेले बताए। यस समयमा मान्छेहरू सबै यार्सागुम्बा टिप्न यार्सा पाटन जाने भएकाले पनि कामगर्ने मान्छे पाउन समस्या भएको हो।

डोल्पामा रातो, औँलेमार्सी, कालीमार्सी लगायतका प्रजातिको धान रोपिने गर्दछ। प्रतिष्ठित व्यक्तिहरूको रोजाईमा पर्ने भएकाले कालीमार्सी र रातो धानको चामल नेपालगञ्ज, काठमाडौं, सुर्खेत लगायतका सहररूमा माग हुने गरेको छ।प्रतिकिलो ३०० सम्म पर्ने रातो र कालीमार्सी धानको चामल अतिथि सत्कार र आफन्तहरूलाई दिइने नासोको रुममा समेत प्रयोग गर्ने गरिन्छ।

डोल्पामा धान रोपाई बाध्यताले र पुरानो बाबु बाजेको साख जोगाउन गरिन्छ। मकै, कोदो, चिनो लगायतका अन्नबाली उत्पादनकालागि उपयुक्त खेतबारीमा पनि जबर्जस्ती धान रोप्ने चलन छ।अन्य बाली रोप्न भन्दा धान रोपाई साह्रै खर्चिलोहुने गरेको न्यौपानेले बताइन्। धान रोपेदेखि पाकुन्जेलसम्म धेरै खेताला लाग्ने र अन्य बालीको लगाउन भन्दा धान रोपाईमा धेरै दुःख हुने गरेको कृषकहरूको अनुभव छ।

डोल्पाका अधिकांश भुगोलमा बलौटे र पत्थरीलो माटोयुक्त भएकाले धान उत्पादन राम्रो नहुने स्थानीय बताउँछन्।डोल्पाको माटो स्याउ, ओखर, आरु, कागती लगायतका फलफूल उत्पादनकालागि उपयुक्त मानिन्छ।

डोल्पामा जेठमा रोपिएको धान असोज महिनामा भित्र्याउने गरिन्छ।धान रोपाईको अवसरमा बाजागाजा सहित रोपार्नीहरूले चुट्कीला मागलहरू गाँउदै एक आपसमा हिलो छ्यापाछ्याप गरेर रमाईलो गर्ने चलन रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP