समय बिताउने कस्तो मोबाइल फोन ? (कविता)


समय कठै बिताउछ यस्ले पछुतो ल्याइदिन्छ !
बोकेका सपना चक्ना नि चुर सारा नि भ्याइदिन्छ !!
कस्तो रैछ फेसबुक युटुब हेर्न मन लाइरहन्छ !
चलाउन्न अब मोबाइल फोन समय खाइरहन्छ !!
मोबाइल फोनलाई दोस दिन्छन मान्छे दोसि आफु नि !
पढाई नि आधा जिन्दगी बाधा कसोरी हाँसु नि !!
सदुपयोग गरे सबै थोक रैछ मोबाइलमा पढाई नि !
कम चलाउनु भन्थे बाबा र आमा ज्ञान गुण बडाइ नि !
आइफोन हुन्छ मान्छेको सोच गन्तव्य खिन्न छ !
नमिल्दो शब्द अफ्ठ्यारो पर्दा सर्बोत्त भिन्न छ !!
खेल खेल्छन् कोइ मोबाईल पनि ह्याङ्ग चल्यो भनेर !
आइफोन भय मजाले खेल्थे दिन भरी गनेर !!
फङ्कशन् फाइल सबैथोक रैछ बिचार गरेर !
समय बितायो मोबाइल फोन ले महिना नि मरेर !!
बच्चा नि बिग्रीए मोबाइल फोनले आँखा नि अधुरो !
समय बिताइ सारा नि भ्यायो जिन्दगी मधुरो !!

लेखक: जयलाल सार्की











