ताजा
सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||   
सोमबार , असार १, २०८३

काठमाण्डौं। अभिनेता धीरज मगर र ‘ऐरी’ फिल्मका निर्माताबीचको विवाद मिलेको छ । सहमतिअनुसार धीरज छायांकनमा उपस्थित नभएको भन्दै निर्माताले १४ करोडभन्दा धेरै क्षतिपूर्ति मागदावी गरी उनीविरुद्ध चलचित्र निर्माता संघमा उजुरी दिएका दिए ।

ऐरी फिल्मको निर्माता कम्पनी मल्टिमेट प्रालिका तर्फबाट कमलबहादुर आलेले दिएको उजुरी २ भदौमा संघमा दर्ता भएको थियो ।उजुरीपछि चलचित्र निर्माता संघले बुधबार धीरज र फिल्मका निर्मालाई बोलाएर छलफल गरेको थियो । छलफलपछि संघको रोहबरमा दुवैपक्षबीच सहमति भएको संघका अध्यक्ष नवल खड्काले जानकारी दिए।

छलफलपछि तोकिएको समयमा धीरजले छायांकनका लागि समय दिने सहमति भएको छ । साथै मिति तलमाथि भएमा दुई पक्ष बसेर आपसी छलफल गरी समस्या अघि बढ्ने सहमति पनि भएको छ ।

सहमतिअनुसार धीरज छायांकनमा उपस्थित नहुँदा फिल्मलाई १४ करोड क्षति पुगेको दावी उजुरीमा थियो ।धीरजले १६ दिनमात्र ‘ऐरी’को छायांकन गरेको तर, सहमतिअनुसार बाँकी २८ दिन नआएको निर्माताले आरोप लगाएका थिए ।

१० लाख रुपैयाँ पारिश्रमिकमध्ये ४ लाख रुपैयाँ अग्रिम उपलब्ध गराए पनि धीरज सुटिङमा नआएको निर्माताले उजुरीमा उल्लेख गरेका थिए ।

हालै झण्डै एक महिना ढोरपाटन क्षेत्रमा ‘ऐरी’को छायांकन चलेको थियो । झण्डै १ वर्ष छायांकन चल्ने बताइए पनि बीचमा रोकिएको थियो ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP