ताजा
सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||   
सोमबार , असार १, २०८३

म चोर हुँ भन्न त सकिनँ तर देखाएँ छोडेँ।

म चोर हो भनेर देखाउन सकिनँ तर लेखाएँ छोडेँ॥

 

म चोर भन्दै कराउन सकिनँ,

तर अरू चोर हुन् भनेर कराउन छोडिनँ॥

मलाई त चोरकै कथा लेख्न मन थियो,

तर के गर्ने, आफ्नै कथा लेख्न पनि सकिनँ॥

 

मेरो तस्बिर पत्रकारले पत्रिकामा छापिदियो,

म अरूलाई दोष लगाउँदै थिएँ, मेरो तस्बिर ‘चोर’ भनेर राखिदियो॥

 

‘चोर आयो, चोर आयो’ भनेर कराउँदै हिँड्थेँ,

त्यो चोर म नै हुँ भनेर कहिले भन्न सकिनँ॥

 

अन्ततः मनले स्विकार्यो आफ्नै छाया चोर हो ।

अब सत्य बोल्दा डर छैन, सत्यमै जोर हो॥

अन्धकारको नकाब च्यात्दै उज्यालोमा उभिएँ,

सत्यको आवाजमा अब म आफैँलाई देखेँ।

लेखक : कुल बहादुर कुलाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP