ताजा
सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||   
सोमबार , असार १, २०८३

पूर्ण सार्की/डोल्पा: हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ११ मुहुमा आयोजीत प्रथम वडा स्तरीय भलिबल कप’२०८२’ भव्यरूपमा सम्पन्न भएको छ।

त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं ११ मुहुँद्धारा ‘राष्ट्रका लागि खेल तथा स्वास्थ्यकालागि खेलकुद’ भन्ने मूल नारासहित आयोजीत प्रथम वडा स्तरीय भलिबल कप’२०८२’ विभिन्न खेलकूद, सांस्कृतिक कार्यक्रम, स्थानीय संस्कृति झल्किने नृत्य सहित आईतबार भव्यरूपमा सम्पन्न भएको वडा अध्यक्ष चन्द्ररुप डसालले जानकारी दिए।

” हामीले निकै हिम्मतका साथ वडा स्तरीय भलिबल कपको आयोजना गरेका हौ, उद्घाटनका दिन देखि अन्त्य सम्म कार्यक्रमलाई ऐतिहासिक सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु” उनले भने।

गत असोज २९ गते बुधबारका दिन उद्घाटन गरिएको प्रतियोगितमा भलिवल सहित, हाईजम्प, लङ्गजम्प घोडा दौड प्रतियोगिता सञ्चालन गरिएको थियो। भलिबलमा नगरपालिकाका ११ वटै वडाका खेलाडीहरुले आफ्नो टीम दर्ता गराएका थिए।

प्रतियोगितमा भलिवल तर्फको उपाधि त्रिपुरासुन्दरी १ त्रिपुराकोटका खेलाडीले हात पारे। त्रिपुरासुन्दरी १ का खेलाडीको यो ऐतिहासीक उपाधी हाे। लामो समय सम्म त्रिपुराकोका खेलाडीले कुनै उपाधी जित्न सकेको थिएन। त्रिपुरासुन्दरी १ त्रिपुराकोटले फाइनलमा त्रिपुरासुन्दरी ६ फुल्चिङलाई सोझो सेटमा हराउदै भलिवल कपको उपाधि आफ्नो पक्षमा पार्यो।

उपाधि सगै त्रिपुरासुन्दरी १ ले नगद रु. ५०,५०५, ट्रफि, मेडल सहित प्रमाणपत्र प्राप्त गरेको छ। त्रिपुराकोटका उदाउँदा खेलाडीको प्रोत्साहन स्वरुप बाहिर बाट समेत हजारौं रकम बराबरको सहयाेग समेत प्राप्त भएको छ।

फाईनलमा त्रिपुरासुन्दरी १ संगको हार सगै भलिबलमा च्याम्पियन मानिने फुल्चिङकाे भलिबल टीम उपविजेतामा सिमित बनेको छ। प्रतियोगितमा उप- विजेता बनेको फुल्चिङले नगद रु. ३०,३०५, ट्रफि, मेडल सहित प्रमाणपत्र र तृतीय हुने त्रिपुरासुन्दरी ८ ले नगद रु. १५,१०५, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन।

प्रतियोगितामा घोडा दौड तर्फ ६ वटा दर्ता भएका थिए। जस मध्य कर्णचन्द्र शाहीको घोडा प्रथम, सूर्य बहादुर डसालकाे घोडा द्वितिय, गोकर्ण पुन मगरको घोडा तृतीय भएका छन् ।

यस्तै लङ्गजम्पमा १२ जनाले आफ्नो नाम दर्ता गराएका थिएँ।  नाम दर्ता गराएका १२ मध्य अर्जित पुन मगर प्रथम, कमल विष्ट द्वितिय र इन्द्ररुप डसाल तृतीय भएका छन्।

प्रतियोगितमा भलिबल तर्फ अल राउन्डर खेलाडी टीम फुल्चिङका भिम चलाउने , उत्कृष्ट खेलाडी आयोजक टिमका इन्द्ररूप डसाल, ओपन स्पाइकर टीम लिकुका कृष्ण खत्री, टीम पहाडाका अंगत विक मिडल ब्लकर, प्रतियोगिता कै अनुशासित खेलाडी त्रिपुरासुन्दरी १ का कमल विष्ट र उत्कृष्ट सेटर त्रिपुरासुन्दरी १ कै भक्ति थापा बनेका छन्।

प्रतियोगितमा त्यहाँका स्थानीयले स्थानीय संस्कृति झल्किने देउडा, पैसेरु नाच लगायतका नृत्यहरू समेत प्रस्तुत गरेका थिए।

प्रतियोगिताकाे समापनको दिन त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख, उप-प्रमुख, नगरपालिकाका भित्रका वडा अध्यक्ष लगायतका जनप्रतिनिधि , कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि , सरोकारवाला निकाय , त्यहाँका स्थानीयबासिन्दा, खेलाडी लगायत टाढाटाढा बाट आएका भलिबल प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो।

तस्बिर हेर्नुहोस् 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP