सुर्खेत: डोल्पामा एकजनाको सडकमा लगेर मृत्यु भएको छ । जिल्लाको ठुलीभेरी नगरपालिका–३ सदरमुकाम दुनैमा मजदूरी गर्दै आइरहेका रुकुम पश्चिम आठबिसकोट नगरपालिका ६ का ५० वर्षीय रुपु जैसी मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।
प्रहरीका अनुसार बिहीबार दिउँसो सन्ताेषी काष्ठ उद्योगबाट दराज बोकी नापी कार्यालयतर्फ जाँदै गरेका उनको भारी सहित भेरिकरिडोर सडक खण्डमा बेहोस भै मृत्यु भएको हो ।


मृतकको शव आवश्यक प्रक्रियाका लागि प्रहरी टोलीले उद्धार गरी पाेष्टमार्टमकाे लागि जिल्ला अस्पताल डोल्पा लगिएको जानकारी दिएको छ ।











