ताजा
सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||   
सोमबार , असार १, २०८३

डोल्पा: हिमाली जिल्ला डोल्पामा एक हजार सात जना नयाँ मतदाता थपिएका छन। प्रतिनिधि सभा सदस्यको निर्वाचन घाेषणा भएपछि डोल्पामा १ हजार ७ जना बराबरको मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारी दिएको छ।

निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय गत मंसिर ६ गते राति देखि सकिएपछि डोल्पा देखि नाम दर्ता गरेका नयाँ मतदाताको विवरण सार्वजनिक भएको हो ।

फोटो तथा औँठा छाप सहितको बायोमेट्रिक विवरण मार्फत ५ सय ९८ र राष्ट्रीय परिचय पत्र मार्फत ४ सय ९ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय डोल्पाका निमित्त जिल्ला निर्वाचन अधिकारी श्याम कुमार राईले रंगिन पाटीलाई जानकारी दिए ।

आयोगले राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने गराएपछि अनलाइनबाट नाम दर्ता गराउने संख्या थप बढेको निमित्त अधिकारी राईले बताए।

डोल्पामा गत असोज सम्म १८ बर्ष पूरा भएका मतदाताको संख्या २३ हजार २ सय ४९ रहेको थियो। असोज पछि भने एक हजार भन्दा बढी मतदाता थपिए सगै अब डोल्पामा मतदाताकाे संख्या २४ हजार २ सय ५६ पुगेको छ ।

यद्यपि यो संख्या अन्तिम भने नभएको र कोही मृत्यु र देश वाहिर रहेका कारण केही थपघढ हुने जिल्लामा निर्वाचन कार्यालय डोल्पाले जानकारी दिएको छ।

कार्यालयका अनुसार निर्वाचन आयोगले प्रत्येक जिल्लामा मंसिर १५ गते सम्म नयाँ विवरण सार्वजनिक गर्ने र पुष २० सम्म मतदाताको अद्यावधिक डाटा पठाउने छ।

भौगोलिक हिसाबले नेपालकै सबै भन्दा ठूलो जिल्ला रहेको डोल्पामा प्रतिनिधि सभा क्षेत्र नं १ मा ६६ मतदानस्थल रहेका छन् । अहिलेको प्रतिनिधि सभा निर्वाचनमा डोल्पामा दुई वटा नयाँ मतदान स्थलका रूपमा निर्वाचन आयोगमा सिफारिश गरिएको छ।

निमित्त निर्वाचन अधिकारी राईका अनुसार भौगोलिक हिसाबले ठूलो रहेको डोल्पाकाे माथिल्लो क्षेत्रमा कर्मचारी पठाउन, मतदान पछि मतपेटिका पुर्याउन र आकस्मिक स्वास्थ्य समस्या उद्धार गर्न अझै पनि हेलिकप्टरमा निर्भरता हुनु परेको छ ।

उनले रंगिन पाटी संग भने ‘ भौगोलिक अवरोधका कारण डोल्पाका माथिल्लो क्षेत्रमा मतपेटिका पैदल ल्याउन सम्भव छैन, हेलिकप्टर चलाउनै पर्छ , जसले निर्वाचन खर्च बढाइरहेको छ ‘।

 

डोल्पामा भौगोलिक विकटता बाहेक अन्य ठूला प्राविधिक चुनौती सगै उपल्लो क्षेत्रमा सुरक्षा जोखिम, प्रतिकूल मौसम र राजनैतिक गतिविधि न्यून भएका कारण चुनाव सञ्चालनमा झनै जटिल हुने गर्छ।

प्रत्येक पटकको चुनावमा मतदान कब्जा सगै मतदाता नियन्त्रणमा लिन खोज्ने तथा दलबन्दिका आधारमा वातावरण असहज हुने गरेको आरोप वर्षेनी उठ्दै आइरहेको छ। डोल्पामा सधैंको चुनावको जसरी यो पटक पनि नेपाली कम्युनिष्ट पार्टी( साविककाे नेकपा माओवादी केन्द्र + नेकपा समाजवादी), नेकपा एमाले र नेपाली कांग्रेस बीच प्रतिशपर्धा हुने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP