ताजा
सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||   
सोमबार , असार १, २०८३

जाजरकोट: जिल्ला अस्पताल जाजरकोटमा करिब एक महिनादेखि अवरुद्ध रहेको साधारण एक्स–रे सेवा पुनः सञ्चालनमा आएको छ।

जाजरकोटको सदरमुकाम खलंगामा अवस्थित जिल्ला अस्पतालमा रहेको एक्स-रे मेसिनका लागि आवश्यक सामग्री बिग्रिएपछि रोकिएको सेवा मर्मतसम्भार पछि पुनः सञ्चालनमा आएको जिल्ला अस्पताल जाजरकोटले जानकारी दिएको छ।

अस्पतालको एक्सरे मेसिनको मर्मत सम्भार पछि नियमित रूपमा एक्स-रे सेवा पुनः उपलब्ध भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार अब एक्स–रे सेवा सहज र नियमित रूपमा प्रदान हुनेछ। साथै, छिट्टै अत्याधुनिक प्रविधिसहित अझ प्रभावकारी रुपमा एक्स–रे सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि अस्पतालले जानकारी दिएको छ।

जिल्लाकै भरपर्दो अस्पतालको रूपमा हेरिएको जिल्ला अस्पतालको एक्स-रे मेसिनमा समस्या आउँदा सेवा ग्राही स्थानीयमा मर्कामा परेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP