सुर्खेत: सुर्खेतको भेरीगंगा नगरपालिकाले आफ्नो ११ औँ स्थापना दिवस भव्यताका साथ मनाएको छ ।
दिवसको अवसरमा मंगलबार विभिन्न सांस्कृतिक कार्यक्रमसहित प्रभातफेरीदेखि सम्मान कार्यक्रमकाे आयोजना गरी स्थापना दिवश भव्यताका साथ मनाएको नगरपालिकाले जानकारी दिएको छ।



स्थापना दिवसको सुरुवात छिन्चु बजारबाट पञ्चे बाजा सहितको प्रभातफेरीमार्फत गरिएको थियो। त्यसपछि पालिकाको प्रशासकीय भवन परिसरमा आयोजित औपचारिक समारोहमा नगर प्रमुख यज्ञ प्रसाद ढकालले भेरीगंगाको ईतिहास, बस्ती विकासदेखि पञ्चायतकालीन जनप्रतिनिधिबाट हालसम्मका जनप्रतिनिधिको विस्तृत प्रतिवेदन प्रस्तुत गरे। उनले २०१७ सालदेखि २०८२ सम्मका प्रतिनिधिहरू, कार्यालय प्रमुख तथा कर्मचारीको योगदानबारे समेत चर्चा गरेका थिए।

कार्यक्रमका दौरान भेरीगंगाको स्थापना र विकासमा विशेष योगदान पुर्याउने जनप्रतिनिधिहरू देखि पूर्वकर्मचारीहरुलाई सम्मानपत्र तथा दोसल्ला सहित सम्मान गरिएको थियो।
दिवश अवसर पारेर गरिएको कार्यक्रममा स्थानीयहरूद्वारा स्थानीय साँस्कृतिक झल्किने नृत्य समेत प्रस्तुत गरिएको थीयो।
स्थापना दिवसको समारोहमा कर्णाली प्रदेश सभाका पूर्व सांसद, वर्तमान तथा पूर्व जनप्रतिनिधि, कर्मचारी, पञ्चायतकालीन जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।
हेर्नुहोस् तस्बीर



















