डोल्पा: हिमाली जिल्ला डोल्पामा एक जना कर्मचारी झुण्डिएको अवस्थामा मृत फेला परेका छ्न ।
पोखरा घर भई शे-फोक्सुण्डो गाउँपालिका डोल्पामा कार्यलय सहयोगी पदमा कार्यरत अन्दाजी ४७ बर्षका दुर्गा अधिकारी शनिबार राति सदरमुकाम दुनैमा आफु बस्ने डेराको बार्दलिमा घाटिमा पासो लगाई झुन्डिएको अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।


झुण्डिएको अवस्थामा फेला परेका अधिकारी बिगत करिब ६/७ आगाडि देखि शे-फोक्सुण्डो गाउपालिकामा कार्यरत रहेको गाउपालिका अध्यक्ष धावा सम्दुक गुरुङले बताए ।
अध्यक्ष गुरुङका अनुसार उनि लामो समय आगाडि देखि माधक पदार्थ सेवन गरिरहने र आफुले पटक पटक सम्झाउँदै आएको समेत बताए ।
जिल्ला प्रहरी कार्यलय डोल्पाले मृतक लास झुण्डिएको अवस्थाको सरजिमि मुचुल्का उठाई घरबाट निकालेर जिल्ला अस्पताल लगेर राखिएको छ । थप घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।











