ताजा
कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||   
सोमबार , असार १, २०८३

साउथ चलचित्रदेखि बलिउडमा समेत लोकप्रियता हासिल गरिसकेकी नायिका काजल अग्रवाल आज आफ्नो ३६ औं जन्मदिन मनाउँदैछिन् । काजलले गतबर्ष मात्र बिबाह गरेकी थिइन् । साउथदेखि बलिउड चलचित्रमा लोकप्रियता हासिल गरेकी यी नायिकाले करिअरको सुरुवात भने संघर्षपूर्ण तरिकाले गरेकी थिइन् ।

काजलले सुरुवातमा बलिउड चलचित्रमा नै काम गरेकी थिइन् । तर, बलिउडमा पहिचान नमिलेपछि उनले साथ चलचित्रमा काम गरेकी थिइन् । साउथमा सुपरहिट चलचित्र दिएपछि लोकप्रिय बनेकी यी नायिकाले फेरि सन् २०११ म बलिउड चलचित्रमा कमब्याक गरेकी थिइन् ।

सन् १९८५ जुन १९ मा जन्मिएकी काजलले कोरसको रुपमा काम गर्दै करिअरको सुरुवात गरेकी थिइन् । काजलले सन् २००४ मा चलचित्र ‘क्यू हो गया ना’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । बलिउडमा नाम कमाउन नसकेपछि उनले सन् २००७ मा ‘लक्ष्मी कल्याणम’ नामक तेलुगु चलचित्रमा काम गरृेकी थिइन् । यही बर्ष उनले ‘चन्दामामा’मा काम गरिन् । यो चलचित्र हिट भएपछि उनको करिअर पनि चम्कियो ।

साउथमा हिट भएपछि उनले सन् २०११ मा ‘सिंघम’ चलचित्रबाट बलिउडमा कमब्याक गरेकी थिइन् । यसपछि उनले ‘स्पेशल २६, दो लफ्जो कि कहानी, मुम्बई सागा’ लगायतका चलचित्रमा काम गरेकी छिन् ।

काजलको प्रेम चर्चा पनि केही बर्ष अगाडि चर्चामा थियो । उनी, साउथका सुपरस्टार प्रभाषको प्रेममा रहेको खबर फैलिएको थियो ।

सन् २०१० मा चलचित्र ‘डार्लिङ्ग’मा एकसाथ काम गरेपछि यी दुई नजिक भएका थिए । तर, केही बर्षपछि प्रभाषले उनीसँगको प्रेम सम्बन्ध तोडेका थिए । उनै, काजलले गतबर्ष बिहे गरेर नयाँ जीवन सुरु गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP