ताजा
सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||   
सोमबार , असार १, २०८३

पूर्ण सार्की / डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले सार्वजनिक सडक तथा अन्य सार्वजनिक स्थानमा गरिएको अतिक्रमण हटाउन ४८ घण्टे अल्टिमेटम दिएको छ।

नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै पालिका भित्रका सडक, फुटपाथ, नाला, चौतारा लगायतका स्थानमा अनधिकृत रूपमा संरचना निर्माण, सामान राख्ने तथा व्यापार व्यवसाय सञ्चालन गर्ने कार्य बढ्दै गएको र यस्ता गतिविधि प्रचलित कानून विपरीत भएकाले तत्काल हटाउन निर्देशन दिइएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत थानेश्वर पनेरुले जानकारी दिए ।

उनले नगर क्षेत्रभित्र रहेका सम्पूर्ण अतिक्रमित सार्वजनिक स्थानमा राखिएका अस्थायी तथा स्थायी संरचना, टहरा, पसल तथा निर्माण सामग्री ४८ घण्टाभित्र स्वयं हटाउन सम्बन्धित सबैलाई आग्रह गरिएको बताए ।

तोकिएको समयसीमा भित्र अतिक्रमण नहटाएमा स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम कारबाही गरिने नगरपालिकाले चेतावनी समेत दिएको छ। साथै, अतिक्रमण हटाउने क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने पनि नगरपालिकाले जनाएको छ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP