ताजा
सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||   
सोमबार , असार १, २०८३

जल तथा मौसम विज्ञान विभागले आजबाट मौसममा क्रमिक सुधार आउने जनाएको छ । तर कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा भने आगामी शुक्रबारसम्मै वर्षाको सम्भावना छ । तर यो वर्षा वैशाख हिजो अस्तिको जस्तो ठूलो नहुने मौसमविदहरुको भनाइ छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले हिजो मंगलबार र बुधबार देशका अधिकांश स्थानमा वर्षा भएको थियो । कतिपय स्थानमा भारी वर्षा समेत भएको छ । गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा प्युठानको हंसपुरमा भएको छ । त्यहाँ १०४.६ मिलिमिटर वर्षा मापन भएको छ ।यसैगरी कास्कीको रिभानमा ८१ मिलिमिटर वर्षा मापन भएको छ ।

आज पनि केही स्थानहरुमा वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज वैशाख १७ गते कोशी, मधेश प्रदेश लगायत हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

आज राति पनि कोशी, बागमती गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानहरुमा तथा बाँकी भू–भागको थोरै स्थानहरुमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।

वैशाख १८ गते शुक्रबार दिउँसो: कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने सम्भावना छ । र, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा मधेश प्रदेशको थोरै स्थानहरूमा साथै बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP