पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आजै राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
निगमका अनुसार पेट्रोलमा २ रुपैयाँले मूल्य घटाइएको हो । निगमले दुई रुपैयाँ घटाएसँगै अब पेट्रोलको मूल्य प्रति लिटर २१७ रुपैयाँ पुगेको छ ।














