ताजा
सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||   
सोमबार , असार १, २०८३

सुर्खेत । श्रीज्योति फाउन्डोसनले भूकम्प प्रभावित जिल्लाका १५ जना छात्रालाई छात्रवृत्ति वितरण गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकार्यमा रुकुम पश्चिम र जाजरकोटका भूकम्प पीडित छात्रालााई तेस्रो पटक छात्रवृत्ति वितरण गरेको हो ।

भूकम्पलगत्तै सुर्खेतमा सांगीतिक कार्यक्रम गरेर जम्मा भएको रकमबाट फाउन्डेसनले छात्रवृत्ति वितरण सुरु गरेको थियो । १५ जना छात्राबाट छात्रवृत्ति वितरण कार्यक्रम सुरु गरेको फाउन्डेसनले हाल कर्णालीका १० वटै जिल्लाका ३० जना छात्राहरुलाई कक्षा १० सम्म छात्रबृत्ति वितरण सुरु गरेको छ । फाउण्डेसनका अध्यक्ष ज्योति कटुवालले छात्रवृत्ति वितरण कार्यक्रमलाई आगामी वर्षहरुमा बढाउँदै लिने जानकारी दिइन् ।

सुरुमा १५ वटा छात्राहरुलाई छात्रवृत्ति वितरण गरेका थियौं, तर अहिले १० वटै जिल्लाका ३० जना पुगेका छन्, उनले भनिन्, ‘यसलाई आगामी वर्षहरुमा बढाउँदै लिने योजनामा छौं ।’ फाउन्डेसनले एक वर्षका लागि पुग्ने स्टेशनरी, झोला र स्कुल पोशाकहरु वितरण गर्ने गर्छ ।

कार्यक्रममा भेरी त्रिवेणी माविका प्रधानाध्यापक प्रेमबहादुर पुनले भूकम्पका कारण घरबार विहिन भएका, अभिभावक गुमाएका जेहेन्दार छात्राहरुका लागि छात्रवृत्ति कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताए । उनले स्कुल पोशाक किन्न नसक्ने, आफ्ना छोरीहरुका लागि किताव कलम किन्न नसक्नेहरुका लागि यो कार्यक्रमले महत्वपूर्ण प्रभाव पारेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज विश्वकर्माले विपन्न र जेहेन्दार छात्राहरुलाई विद्यालयमा टिकाइराख्न छात्रवृत्ति कार्यक्रम प्रभावकारी भएको बताए । उनले यो कार्यक्रमलाई अझ विस्तार गर्न सुझाव दिए ।

जनज्योति आधारभूत विद्यालय रुकुम पश्चिमका शिक्षिका सुनिता देवकोटाले विपन्न परिवारका बालिकाहरुलाई शिक्षा प्रदान गर्न र विद्यालयमा नियमित आउने वातावरण बनाउन छात्रवृत्ति कार्यक्रम प्रभावकारी भएको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP