डोल्पा। डोल्पाको मुड्केचुलामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
सोमबार साँझ रुकुम पश्चिमको त्रिवेणी देखि मुड्केचुलाको खर्क जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२८ नम्बरको जिप मुड्केचुला गाउँपालिका–१ भोटाऔल क्षेत्रमा एकाएक ब्रेक फेल भएर दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएको उक्त वडाका वडाध्यक्ष पवन बूढाले जानकारी दिए ।


उनका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र थप उपचारको लागि रुकुम पश्चिमको चौरजहारी स्थित नगर अस्पतालमा पठाइएको छ । घाइते अन्य ९ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको अध्यक्ष बुढाले बताए ।
उता जिल्ला प्रहरी कार्यालय डोल्पाले भने दुर्घटना स्थल सम्म प्रहरी गइरहेको र घटनाको विषयमा विस्तृत विवरण केही क्षणमा आउने जानकारी दिएको छ ।











