ताजा
डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||    चुलु फार इष्ट हिमालको चुचुरोमा पुगे सशस्त्र प्रहरी जवान डोल्पाका तुलराम बुढा  ||    रुकुम पूर्वको पानीडाल क्षेत्र डोल्पाको भनेपछि काईकेका अध्यक्ष राणाले मागे माफी  ||   
सोमबार , असार १, २०८३

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समिति का तत्कालीन सदस्य सचिवहरू टीकाराम ढकाल, नरहरि तिवारी, गेहेन्द्रबहादुर डाँगीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आयोगले नगर विकास समितिका तत्कालीन लेखा अधिकृत हरिबहादुर क्षत्रीकी श्रीमती सीमाकुमारी चन्द (क्षत्री) र सह–लेखापाल पदमा कार्यरत खड्कबहादुर रानालाई पनि प्रतिवादी बनाएको छ ।

प्रवक्ता न्यौपानेका अनुसार सटर कबल तथा जग्गा भाडाबापत उठेको आम्दानी बैंकमा दाखिला नगरी हिनामिना गरिएको भन्दै आयोगमा उजुरी परेको थियो । अनुसन्धानका क्रममा उठेको राजस्व रकम समितिको खातामा जम्मा नगरी दुरुपयोग गरेको पुष्टि भएपछि उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगले टीकाराम ढकालविरुद्ध ६४ लाख २८ हजार ४३७ रुपैयाँ, नरहरि तिवारीविरुद्ध १ करोड ४ लाख ७१ हजार ९४२ रुपैयाँ, गेहेन्द्रबहादुर डाँगीविरुद्ध ७२ लाख ७८ हजार ११० रुपैयाँ बिगो कायम गरेको छ ।

त्यस्तै सीमाकुमारी चन्दविरुद्ध २ करोड ९० लाख ९६ हजार ४४१ रुपैयाँ तथा खड्कबहादुर रानाविरुद्ध २ करोड ९४ लाख ८७ हजार ६८१ रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरिएको आयोगले जनाएको छ । तत्कालीन लेखा अधिकृत हरिबहादुर क्षत्रीको मृत्यु भइसकेकाले उनकी श्रीमती सीमाकुमारी चन्दलाई प्रतिवादी बनाइएको आयोगले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP