ताजा
डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||    चुलु फार इष्ट हिमालको चुचुरोमा पुगे सशस्त्र प्रहरी जवान डोल्पाका तुलराम बुढा  ||    रुकुम पूर्वको पानीडाल क्षेत्र डोल्पाको भनेपछि काईकेका अध्यक्ष राणाले मागे माफी  ||   
सोमबार , असार १, २०८३

डोल्पा । हिमाली जिल्ला डोल्पामा कर्णाली प्रदेशका १० जिल्लाका समन्वय प्रमुख सहित पदाधिकारीहरुको भेला भएको छ ।

जिल्ला समन्वय समिति महासंघ नेपाल कर्णाली प्रदेशको समन्वयमा जिल्ला समन्वय समितिका पदाधिकारीहरूसँग अन्तरसरकारी सम्बन्धका सवालमा छलफलको लागि कर्णालीका समन्वय प्रमुख सहित समन्वय पदाधिकारीहरु डोल्पा पुगेका हुन् ।

महासंघले बुधबार जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा कर्णालीका १० वटै जिल्लाका जिल्ला समन्वयका पदाधिकारीहरु संग छलफल गरेको डोल्पाका प्रमुख श्याम रोकायले जानकारी दिए ।

उनले जिल्लाका प्रमुख धार्मिक एबम् पर्यटकीय क्षेत्रलाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य सँगै एकापसको अन्तर सम्बन्ध बलियो बनाउन उक्त कार्यक्रमको आयोजना डोल्पामा गरिएको बताए ।

‘जब सम्म कर्णाली प्रदेश भित्रका जिल्लाले एक जिल्लाले अर्को जिल्लालाई चिन्दैन, तब सम्म हामीले अरु ठाउँको परिकल्पना गर्नु बेकार रहन्छ’ उनले भने ‘प्रदेश भित्रका १० वटा जिल्लाले पहिला आफूले आफ्नो घर चिन्नु पर्छ भन्ने ध्येयक साथ यो कार्यक्रमको आयोजना गरिएको हो ।’

डोल्पाको भूगोल, यहाँको गतिविधि, जनजीवन कस्तो रहेछ र यहाँको वास्तविक विकास के भइरहेको रहेछ भन्ने कुरा देखाउनको लागि यो भेला डोल्पामा गरिएको उनको भनाई थियो ।

उनले विशेष गरी श्री वाला त्रिपुरासुन्दरी मन्दिरको अद्भुत शक्तिपीठ, यहाँको महिमाको प्रचारप्रसारको लागि समेत त्रिपुरासुन्दरीमा यो भेलाको आयोजना गरिएको समेत बताए ।

प्रमुख रोकायले अन्तरसरकारी सम्बन्धलाई प्रभावकारी बनाउन जिल्ला समन्वय समितिहरूबीच अनुभव आदानप्रदान आवश्यक रहेको धारणा व्यक्त गरे ।

त्रिपुरासुन्दरी नगरपालिका नगरप्रमुख जनचन्द्र रोकायले यो भेलाले पालिका भित्रका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारमा टेवा पुर्याउन सहयोग गर्ने भन्दै आयोजक जिल्ला समन्वय समिति महासंघ कर्णाली प्रदेश समितिलाई धन्यवाद व्यक्त गरे । ‘यो भेलाले पालिका भित्र रहेका धार्मिक, जैविक, पुरातात्विक लगाएतका पर्यटकीय स्थलहरुले महत्त्व पाउने आशा जागेको छ ।’ उनले भने ‘ यहाँहरुको यो भेलाले डोल्पा जिल्लामा विकासको लागि आवाज उठ्ने छ भन्ने आशा अपेक्षा गरेको छु ।’

जिल्ला समन्वय समिति महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा मुगुका समन्वय प्रमुख मञ्जन बहादुर कार्कीको सभाध्यक्ष तथा पूर्व संविधान सभा सदस्य दूधकुमारी हमालको प्रमुख आतिथ्यमा आयोजना गरिएको भेलामा कर्णालीका १० जिल्लाकै समन्वय पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय, सहकार्य तथा अधिकार कार्यान्वयनका विषयमा समेत छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP