ताजा
डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||    चुलु फार इष्ट हिमालको चुचुरोमा पुगे सशस्त्र प्रहरी जवान डोल्पाका तुलराम बुढा  ||    रुकुम पूर्वको पानीडाल क्षेत्र डोल्पाको भनेपछि काईकेका अध्यक्ष राणाले मागे माफी  ||   
सोमबार , असार १, २०८३

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले खरिद गरेर ल्याएको घुम्ती शौचालय लामो समयदेखि प्रयोग विहीन अवस्थामा थन्किएको छ ।

नगरपालिकाले गत २०८१ असार अन्तिममा ९ लाख ५० हजार लागतमा ल्याएको घुम्ती शौचालय झण्डै दुई वर्षदेखि प्रयोग विहीन अवस्थामा कवाडी झै थन्किएको हो ।

पालिकाको मुकाम समेत रहेको त्रिपुराकोट बगर बजार जिल्लाको सदरमुकाम दुनै पछिको प्रमुख बजार क्षेत्र हो । यहाँ दैनिक ठूलो संख्यामा मानिस तथा सवारी आवतजावत हुने गरेको छ ।

भेरीकरिडोर सडक खण्ड भित्र उक्त बजार क्षेत्र हुँदै सवारी आवतजावतको  मुख्य केन्द्र समेत रहेको प्रमुख बजार क्षेत्रमा नै  सार्वजनिक शौचालय नहुँदा समस्या हुने गरेको मजबुत यातायात प्रालिका इन्चार्ज रवीन्द्र सार्कीले बताए ।

‘मुख्य बजार क्षेत्रमा सार्वजनिक शौचालय छैन। स्थानीय पालिकाले घुम्ती सौचालय खरिद गरेको भन्ने सुनेको थिए ।’ उनले भने ‘पालिकाले लाखौं रुपैयाँ खरिद गरेर ल्याएको शौचालय यही राखेको भए यात्रु देखि बजारमा आउने धेरैलाई सहज हुने थियो ।’

घुम्ती शौचालय प्रयोगको विषयमा त्रिपुरासुन्दरीका नगर प्रमुख जनचन्द्र रोकायले सम्भावित ठाउँ हेरेर प्रयोगमा ल्याउने तयारी गरिरहेको बताए। ‘खरिद गरेर त ल्यायौं तर राख्ने उपयुक्त ठाउँ नपाएर पालिका मै राख्नु परेको हो।’ उनले भने ‘थन्किएको वर्षौ भयो अब भने मुकाम कै बजार क्षेत्रको प्रमुख ठाउँमा राख्ने तयारीमा छौं ।’

घुम्ती शौचालय प्रयोगमा ल्याउन नगरपालिकाले ठाउँ नपाउँदा पालिकाको मुख्य प्रवेशद्वार मै  थन्किएको उनको भनाइ छ ।

खरिद गरेको वर्षौ हुँदा सम्म सञ्चालनमा नआएपछि अख्तियारले समेत अनुसन्धान गरिरहेको त्रिपुरासुन्दरीका प्रमुख प्रशासकीय अधिकृत राजु कुँवरले जानकारी दिए ।

‘म भर्खर मात्रै पालीकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा आए। केही वर्ष अगाडि मात्रै खरिद भएको रहेछ ।’ उनले भने ‘धेरै समयसम्म सञ्चालनमा नआएपछि अख्तियारले समेत छानबिन गरिरहेको रहेछ। अब भने सञ्चालनमा ल्याउने तयारीमा छौं।’

लामो समयसम्म प्रयोग विहीन अवस्थामा घुम्ती शौचालय थन्किएपछि त्रिपुरासुन्दरीका स्थानीयले प्रयोगमा नल्याउने भए किन खरिद गरेको भन्दै प्रश्न समेत उठाउन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP