ताजा
सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||   
सोमबार , असार १, २०८३

डोल्पा:डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका तीनसय घरधुरी दुई दिन देखि अन्धकारमा रहेको छ ।छलगार्ड लघु जलविद्युत आयोजनामा प्रयोग भएको मेसिन को बेरिङ् बिग्रेपछि वडा नं १ का करिब तीनसय घरधुरी दुई दिन देखि अन्धकार बस्न बाध्य छन् ।नगरपालिकाको केन्द्र भएको त्रिपुराकोट बजारमा बत्ती नहुदा सर्वसाधारण खानामा प्रयोग गर्ने तेलको बत्ती बनाएर बाल्न परेको त्रिपुराकोट बासीको गुनासो छ ।

एक्कासी मेसिनको बेरिङ् बिग्रेपछि विद्युत सेवा अवरुद्ध भएको कर्मचारी मोती प्रसाद हमालले जानकारी दिए ।उनि भन्छन् ‘नयाँ बेरिङ् नफेरुन्जेल बत्ती बाल्न सकिँदैन्,अझै कहिलेसम्म अन्धकार हुने हो थाहा छैन् ।’ उनका अनुसार ‘उक्त सामान बुटवलबाट मगाउनु पर्छ,त्यसकालागि समितिसँग पैसा पनि छैन् ।’

छलगार्ड लघु जलविद्युत आयोजनाका व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर बिष्ट भन्छन् ‘समितिको खातामा रकम छैन्,पालिकासँग समन्वय गरिरहेको छु,यस अघि व्यक्तिसँग ऋण निकालेर बिग्रेको सामान ल्याएर बत्ती बालेका थियौँ, पहिलाकै तिरेका छैन्,अब कसलाई भन्नु ।’

जिल्लाकै मुटुको रुपमा रहेको त्रिपुराकोट बजार क्षेत्र समेत अन्धकारमा रहेकाले चोरी डकैतीका घटना बढ्न सक्ने प्रहरी चौकी त्रिपुराकोटले चिन्ता व्यक्त गरेको छ ।विद्युत अवरुद्ध भएको दुई दिन बितिसक्दा समेत नयाँ सामान मगाउनका लागि स्थानीय सरकारले चासो दिएको छैन् ।
आधारभुत आवश्क्ताको रुपमा रहेका विद्युत,पानी,सडक,सञ्चार जस्ता कुराहरुमा तत्काल नजिकको सरकारले ध्यानदिनु पर्ने सरोकारवालाको भनाइ छ ।

 

केन्द्रिय प्रशारण लाइन डोल्पामा पुगेपनि सिमित घरधुरीले मात्र जोडेको र नियमित पनि नभएकाले यसको दिगो व्यवस्थापनका लागि स्थानीय सरकाले सोच्नुपर्ने उनिहरुको धारणा छ ।
विश्व वन्यजन्तु कोषको सहयोगमा १८ बर्ष अघि निर्माण भएको उक्त जलविद्युत अहिले स्थानीय उपभोक्ता समिति मार्फत चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP