ताजा
सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||   
सोमबार , असार १, २०८३

डोल्पा:मुलुकमा संघीयता लागू भएसंगै डाेल्पाका साबिककाे २३ गाविसलाई समायोजन गरि आठ स्थानीय तहकाे संरचनामा कामकाज भैरहेको छ। संघीय संरचना अनुसार डाेल्पामा २ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन। बि.सं. २०७४ यता स्थानीय सरकार दाेस्राे कार्यकालको मध्यमा रहेका छन।

महालेखा परिक्षणकाे प्रतिवेदन अनुसार आ.व. २०७९/८० सम्म डाेल्पाका आठ स्थानीय तहमा जम्मा १ अर्ब १७ कराेड ३ लाख ५ हजार रुपैयाँ बेरुजु देखिएको छ। अब महालेखा परिक्षणकाे आगामी प्रतिवेदन केही रकम घटबढ हुन सक्छ तर हाल सम्मकाे आधिकारिक तथ्यांक यहीँ रहेकाे गाउँपालिका राष्ट्रिय महासंघले जनाएको छ ।

कुन पालिकामा कति छ त बेरुजु?

हाल सम्म डाेल्पाकाे ठुलीभेरी नगरपालिकामा ४३ कराेड ३७ लाख ३७ हजार रुपैयाँ बेरुजु देखिएको छ।मुड्केचुला गाउँपालिकामा २१ कराेड ५२ लाख ९५ हजारु रुपैयाँ बेरुजु रहेकाे छ।त्रिपुरासुन्दरी नगरपालिकामा १८ कराेड ४७ लाख ५७ हजार रुपैयाँ बेरुजु रहेकाे छ।डाेल्पाेबुद्व गाउँपालिकामा ११ कराेड ६२ लाख ९१ हजार रुपैया बेरुजु रहेकाे छ।काइके गाउँपालिकामा ७ कराेड ८३ लाख ३५ हजार रुपैयाँ बेरुजु रहेकाे छ।छार्काताङसाेङ गाउँपालिकामा ६ कराेड ५३ लाख ७१ हजार रुपैयाँ बेरुजु रहेकाे छ।जगदुल्ला गाउँपालिकामा ४ कराेड ४ लाख २५ हजार रुपैयाँ बेरुजु रहेकाे छ।शे-फाेक्सुण्डाे गाउँपालिकामा ३ कराेड ६० लाख ९४ हजार रुपैया बेरुजु रहेकाे छ।

हाल सम्मकाे तथ्यांकअनुसार डाेल्पाकाे ठुलीभेरीमा सबैभन्दा धेरै बेरुजु र शे-फाेक्सुण्डाेमा सबैभन्दा कम बेरुजु रहेकाे छ।यसाे हेर्दा डाेल्पाका शे-फाेक्सुण्डाे र जगदुल्ला गाउँपालिका छिट्टै बेरुजु शून्य बनाउने तयारीमा रहेकाे आकलन गर्न सकिन्छ।

महालेखाकाे प्रतिवेदन अनुसार अनाआबश्यक कर्मचारी भर्ति गर्ने, निति निर्माण नगरि याेजना वितरण गर्ने, दवाब लाेभलालचमा भुक्तानी गर्ने, आन्तरिक राजस्व संकलनमा ध्यान नदिदा, कागजात मिलान नगर्दा लगाएतका थुप्रै कारणले बर्सेनि बेरुजु बढ्दै गएकाे पाइएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP