ताजा
कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||   
सोमबार , असार १, २०८३

डोल्पा– डोल्पाको ठुलीभेरी नगरपालिकाले शैक्षिक गुणस्तर सुदृढीकरणका लागि विशेष पाँच दिने तालिम कार्यक्रम सुरु गरेको छ। आईतवारदेखि सदरमुकाम दुनैका दुई स्थान तथा जुफालमा एकै साथ तालिमको सुरुआत गरिएको हो

आईतवार सदरमुकाम दुनैको दुई स्थानमा र जुफालमा गरि एकै साथ ५ दिने तालिम शुभारम्भ गरिएको छ । बिद्यालयको शैक्षिक गुणस्तर सुदृढिकरणका लागि बिद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभाबक संघ,प्रधानाध्यापक र शिक्षकको क्षमता विकासका साथै विद्यार्थी क्यारिएर काउन्सिलिङ र अभिभावक शिक्षा तालिम शुभारम्भ गरिएको ठुलीभेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिलप्रसाद रोकायाले जानकारी दिए।

उनका अनुसार नगरपालिका भित्रका सामुदायिक विद्यालय अन्तर्गतका वाल विकास केन्द्रदेखि कक्षा ५ सम्मका शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति तथा अभिभावक संघका पदाधिकारीहरू तालिममा सहभागी छन्।

नगर प्रमुख बुढाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर नगरपालिका क्रियाशील रहेको उल्लेख गर्दै भने, “हामी शिक्षा क्षेत्रलाई बलियो बनाउन गम्भीर भएर लागेका छौँ, तर यसको परिणाम देखिन केही समय लाग्न सक्छ।” उनले नागरिकले महसुस गर्ने गरी विकासका क्षेत्रमा पनि काम भइरहेको बताए।

तालिम शुभारम्भ कार्यक्रममा वडा अध्यक्ष भक्त बहादुर भण्डारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलप्रसाद रोकाय, जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख हर्षरूप चौलागाईं लगायत शैक्षिक क्षेत्रका विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP