ताजा
सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||   
सोमबार , असार १, २०८३

डोल्पा— कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पा देखि बैजनाथ राष्ट्रिय दैनिकको २०८२ सालको क्यालेण्डर सार्वजनिक गरिएको छ। बाँकेको कोहलपुरबाट प्रकाशित हुँदै आएको पत्रिकाले डोल्पा बाट वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो।

प्रकाशक कुशल दलामी, प्रधान सम्पादक हेमन्त केसी तथा डोल्पा र सुर्खेत संवाददाता पूर्ण सार्कीको टोलीले मंगलबार डोल्पा पुगेर क्यालेण्डर विमोचन गरेका हुन्। “सत्य समाचार, निष्पक्ष विचार र स्थानीय विकासको सम्बाहक” भन्ने नारासहित प्रकाशित पत्रिकाले जनसमक्ष पुग्न क्यालेण्डरलाई माध्यम बनाएको जानकारी दिएको छ।

डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत, सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवाली, सुरक्षा निकायलाई पहिलो पटक क्यालेण्डर प्रदान गरिएको प्रकाशक दलामिले जानकारी दिए। क्यालेण्डरलाई जिल्ला स्थित सरकारी कार्यालय, होटल व्यवसाय,धार्मिक स्थल, स्थानीय तह , शैक्षिक संस्था लगायतका निकायलाई प्रदान गरिने छ।

प्रकाशक दलामीका अनुसार विकट जिल्ला डोल्पा जस्ता क्षेत्रहरूमा सूचना पहुँच पुर्याउने र यहाँका सत्य तथ्य सूचना संकलन र संप्रेषण गर्ने उद्देश्यले क्यालेण्डर सार्वजनिक गरिएको हो। प्रधान सम्पादक केसीले सत्य र तथ्यपूर्ण समाचार संकलन तथा प्रकाशन मार्फत नागरिकमाझ विश्वसनीय सूचना पुर्याउने प्रयासस्वरूप यो अभियान सुरु गरिएको बताए।

बैजनाथ राष्ट्रिय दैनिकले लुम्बिनी प्रदेश र कर्णालीका दुर्गम भेगसम्म पत्रकारितामार्फत योगदान पुर्याउने लक्ष्य राखेको छ।

क्यालेण्डर विमोचनका तस्बिर: कुशल दलामी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP