ताजा
सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||   
सोमबार , असार १, २०८३

डोल्पा —हिमाली जिल्ला डोल्पाको जिल्ला प्रहरी कार्यालय केही दिन देखि नेतृत्व विहिन छ। भर्खरै मात्रै डोल्पामा कार्यभार सम्हालेका प्रहरी नायब उपरीक्षक ( डिएसपी) डा. हेमबहादुर केसी कार्यालयको आन्तरिक विवादपछि प्रधान कार्यालय तानिएसँगै डोल्पा सात दिन देखि नेतृत्वविहीन बनेको छ।

 

प्रहरी प्रधान कार्यालयको वैशाख १० गते गरेको सरुवाअनुसार डीएसपी केसी डोल्पा सरुवा भई जेठ १५ गते कार्यालयमा हाजिर भएका थिए। कार्यालयमा हाजिर भएको सातौं दिनमै विगत केही वर्ष देखि मुद्दा फाँटमा कार्यरत प्रहरी नायब निरीक्षक शैलेन्द्र कुमार रसाइली सँग भनाभन हुँदा उनले कार्यालयमै हातपात गरेका थिए। विवादपछि डीएसपी केसीलाई घटनाको छानबिनका लागि भोलिपल्टै प्रधान कार्यालय तानिएको हो।

 

अहिले जिल्ला प्रहरी कार्यालय डोल्पाको कमाण्ड प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनिष थापाले सम्हालिरहेका छन्। केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार युक्त विषयमा छानबिन नसकिएकोले डा. केसी केही समय प्रधान कार्यालयमै रहने छन्।

 

डोल्पा भौगोलिक दृष्टिले नेपालको सबैभन्दा ठूलो जिल्ला हो। यही जेठ ५ गतेदेखि यार्सागुम्बा संकलनका लागि सामुदायिक वन र राष्ट्रिय निकुञ्ज भित्रका सम्पुर्ण यार्सा पाटन खुल्न लागेको सन्दर्भमा जिल्लामा प्रहरी नेतृत्वको अभाव गम्भीर चुनौतीको रूपमा देखिएको छ। यार्सागुम्वा संकलनको समयमा डोल्पामा अवैध क्रियाकलाप र आपराधिक गतिविधि वर्षेनी बढ्ने गरेका छन्।

 

प्रहरी स्रोतका अनुसार डोल्पामा प्रहरी प्रमुखको जिम्मेवारी फेरि डा. केसीलाई नै दिने वा नयाँ अधिकृत पठाउने भन्ने निर्णय प्रहरी महानिरीक्षक (आईजी) दीपक थापाले गर्नेछन्। उनी कोशी प्रदेशबाट फर्किए लगत्तै कसलाई पठाउने भन्ने विषय टुंगिने अनुमान गरिएको छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP