सुर्खेत — मध्यपश्चिम डेण्टल हस्पिटल प्रालिले आफ्नो सेवारम्भको औपचारिक शुभारम्भको अवसरमा स्वैच्छिक रक्तदान कार्यक्रम गर्ने भएको छ।
हस्पिटलले आफ्नो सेवा शुभारम्भको अवसरमा यही जेठ १७ गते बिहान ९ बजे कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–९, लाटिकोइली स्थित पिपलडाँडामा स्वैच्छिक रक्तदान कार्यक्रमको आयोजना गरिने हस्पिटलका प्रबन्ध निर्देशक जीवन बञ्जाडे जैसीले जानकारी दिएका छन ।



उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री श्री घनश्याम भण्डारीको उपस्थिति रहनेछ। हस्पिटलद्वारा जारी जानकारी अनुसार दन्त स्वास्थ्य सेवाको विस्तारसहित समाजमा रगत दानजस्ता मानवसेवाका कार्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्येश्य सहित रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

मध्यपश्चिम डेण्टल हस्पिटलले कार्यक्रमलाई भव्य तथा गरिमामय बनाउन सबै सरोकारवाला, स्थानिय बासिन्दा तथा इच्छुक व्यक्तिहरूलाई उपस्थितिको लागि सादर आमन्त्रण समेत गरेको छ।











