ताजा
सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||   
सोमबार , असार १, २०८३

सुर्खेत : प्रेस सेन्टर नेपाल कालिकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेसन म्यानेजर सञ्चारकर्मी वीरेन्द्र आचार्यको सडक दुर्घटनामा परी मृत्यु भएको छ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २ नम्बर वडा कार्यालय अगाडि शुक्रबार साँझ भएको दुर्घटनामा आचार्य सवार लुम्बिनी प्रदेश ३६ प ३८८६ नम्बरको स्कुटीलाई कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

वीरेन्द्रनगरको मुलपानीबाट भुरेली तर्फ जाँदै गरेका २३ वर्षीय यामबहादुर शाहीले चलाएको मोटरसाइकल र ३४ वर्षीय आचार्यले चलाएको स्कुटी एकआपसमा ठोक्किँदा दुवै घाइते भएका थिए।

गम्भीर घाइते आचार्यको उपचारका क्रममा प्रदेश अस्पतालमा निधन भएको र मोटरसाइकल चालक शाहीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते शाहीको  टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जानकारी दिएको  छ।मृतक सञ्चारकर्मी लामो समय देखि सञ्चार क्षेत्रमा सक्रिय थिए। सञ्चारकर्मी आचार्यको निधनसगै सिंगो कालिकोट अहिले शोकमा डुबेको छ।

मृतक सञ्चारकर्मी आचार्य प्रति हार्दिक श्रद्धाञ्जली । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP