ताजा
कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||   
सोमबार , असार १, २०८३

सुर्खेत: नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्।

शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गरेर राजीनामा पत्र लेखेका हुन् ।पत्रमा उनले लेखेका छन्, ‘उपरोक्त सम्बन्धमा म राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँदछु ।’

तत्कालीन नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादी सहितका दलहरुसंग मिलेर नयाँ नेपाली कम्युनिष्ट पार्टी बनेको छ। नेकपा बने सगै अलग रहेका जनार्दन शर्माको पक्षमा देखिएका पूर्व मुख्यमन्त्रीले संसदीय दलको नेताबाट राजीनामा दिएका हुन्। तत्कालीन मुख्यमन्त्री शर्मा राजकुमार जनार्दन शर्माको  प्रगतिशिल लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य समेत हुन् ।

यस्तो छ राजीनामा पत्र


शर्माले राजीनामा दिए सगै अहिले कर्णालीमा तत्कालीन नेकपा माओवादी केन्द्रका संसदीय दलको नेताको लागि छलफल चलिरहेको माओवादीका एक संसद्ले रंगिन पाटीलाई जानकारी दिए।
तत्कालीन माओवादी केन्द्रको संसदीय दलको लागि अहिले बैठक चलिरहेको र आकांक्षी धेरै देखिएकोले टुंगिन समयलाग्ने ती नेताले जानकारी दिए।
उनका अनुसार संसदीय दलको नेताको लागि  कर्णाली प्रदेश सरकारका पूर्व कानुन मन्त्री एबम् प्रदेश सभा सदस्य कृष्ण जिसी, पूर्व अर्थ मन्त्री महेन्द्र केसी, पूर्व सामाजिक विकास मन्त्री वीरबहादुर शाही र पूर्व अर्थमन्त्री समेत रहेका विन्दमान विष्टले दाबी गरिरहेका छन्।
यद्यपि दुई पटक मन्त्री बनेका र प्रतक्ष्य निर्वाचन मार्फत दुई पटक नै चुनिएका पूर्व मन्त्रीद्वय जिसी र शाहीले भने संसदीय दलको नेताको लागि आफूहरु योग्य रहेको दाबी गरिरहेका छन्।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP