ताजा
डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||    चुलु फार इष्ट हिमालको चुचुरोमा पुगे सशस्त्र प्रहरी जवान डोल्पाका तुलराम बुढा  ||    रुकुम पूर्वको पानीडाल क्षेत्र डोल्पाको भनेपछि काईकेका अध्यक्ष राणाले मागे माफी  ||   
सोमबार , असार १, २०८३

पूर्ण सार्की/ डोल्पा : हिमाली जिल्ला डोल्पाका २६ मतदानस्थल अति संवेदशील ठहर गरिएको छ। आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनको लागि डोल्पामा कुल ६८ वटा मतदानस्थल कायम गरिएको छ।

कुल कायम भएका मतदानस्थल मध्य भौगोलिक विकटता कारण जिल्लाका २६ मतदान स्थललाई अति संवेदनशील ,२४ वटा मतदानस्थललाई संवेदनशील र १८ वटा मतदानस्थललाई सामान्य ठहर गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ।

 

जिल्लाका ६८ मतदानस्थल मध्य उपल्लो डोल्पाका अधिकांश मतदानस्थलहरू अति संवेदनशील ठहर गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेल जानकारी दिए।

उनले मुख्यगरी भौगोलिक विकटता र राजनीतिक विवादलाई आधार मानेर मतदानस्थलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलका रूपमा वर्गीकरण गरिएको बताए।

उनका अनुसार यसरी निर्धारण गरिएका मतदानस्थलअनुसार जिल्लामा सुरक्षा व्यवस्थासमेत निर्वाचनका बेला कडाइ गरिनेछ ।

भौगोलिक हिसाबले नेपालकै सबै भन्दा ठूलो जिल्ला रहेको डोल्पामा प्रतिनिधि सभामा एउटा क्षेत्र र ६६ मतदानस्थल रहेका छन् । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा डोल्पामा दुई वटा नयाँ मतदानस्थल थप गरिएको छ।

निर्वाचन कार्यालयका अनुसार भौगोलिक हिसाबले ठूलो रहेको डोल्पाकाे माथिल्लो क्षेत्रमा कर्मचारी पठाउन, मतदान पछि मतपेटिका पुर्याउन र आकस्मिक स्वास्थ्य समस्या उद्धार गर्न अझै पनि हेलिकप्टरमा निर्भरता हुनु परेको छ ।

 

डोल्पामा भौगोलिक विकटता बाहेक अन्य ठूला प्राविधिक चुनौती सगै उपल्लो क्षेत्रमा सुरक्षा जोखिम, प्रतिकूल मौसम र राजनैतिक गतिविधि न्यून भएका कारण चुनाव सञ्चालनमा झनै जटिल हुने गर्छ।

प्रत्येक पटकको चुनावमा मतदान कब्जा सगै मतदाता नियन्त्रणमा लिन खोज्ने तथा दलबन्दिका आधारमा वातावरण असहज हुने गरेको आरोप वर्षेनी उठ्दै आइरहेको छ। डोल्पामा सधैंको चुनावको जसरी यो पटक पनि नेपाली कम्युनिष्ट पार्टी (साविककाे नेकपा माओवादी केन्द्र + नेकपा समाजवादी), नेकपा एमाले र नेपाली कांग्रेस बीच प्रतिशपर्धा हुने देखिन्छ।

नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनको लागि पार्टीका केन्द्रीय सदस्य समेत रहेका कर्ण बहादुर बुढालाई एकल सिफारिश गरेको छ। नेपाली कम्युनिष्ट पार्टीबाट तत्कालीन प्रतिनिधि सभा सदस्य धन बहादुर बुढा उम्मेद्वार हुने पक्का जस्तै छ। यदि नेकपाले उनलाई नै उम्मेद्वार सिफारिस गरे यी दुईको निकै प्रतिशपर्धा हुने देखिन्छ।

कांग्रेस देखि सिफारिश भएका कर्ण र तत्कालीन प्रतिनिधि सभा सदस्य धन बहादुर सहोदर दाजु भाइ हुन्।

नेकपा एमालेमा भने उम्मेद्वारमा आकांक्षीहरु धेरै देखिएकोले पार्टीको ११ औँ महाधिवेशन पछि उम्मेद्वारको टुङ्गो लाग्ने नेकपा एमाले डोल्पाका अध्यक्ष लंक रोकायले जानकारी दिए।

उनका अनुसार प्रतिनिधि सभा निर्वाचनको लागि नेकपा एमाले बाट आफू सँगै पूर्व मन्त्री एबम् कर्णाली प्रदेश सभाका सदस्य नन्द सिंह बूढा, पूर्ण बहादुर डाँगी र पूर्व कर्णाली प्रदेश सभा समानुपातिक सदस्य बदमी क्वारी बोहोराले दाबी गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP