ताजा
डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||    चुलु फार इष्ट हिमालको चुचुरोमा पुगे सशस्त्र प्रहरी जवान डोल्पाका तुलराम बुढा  ||    रुकुम पूर्वको पानीडाल क्षेत्र डोल्पाको भनेपछि काईकेका अध्यक्ष राणाले मागे माफी  ||   
सोमबार , असार १, २०८३

सुर्खेत:  स्वास्थ्य सेवा कार्यालय कालिकोट न्यूनतम सेवा मापदण्ड (एमएसएस) कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा ८६ प्रतिशत अंक प्राप्त गर्दै उत्कृष्ट बनेको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशअन्तर्गत स्वास्थ्य सेवा निर्देशनालयले गरेको मूल्याङ्कनमा अघिल्लो मूल्याङ्कनको ८५ प्रतिशत अंकलाई कायम राख्दै १ प्रतिशतले वृद्धि गर्न सफल भएको हो ।

 

स्वास्थ्य सेवा कार्यालयको आर्थिक वर्ष २०८२/८३ को पहिलो अर्धवार्षिक अवधिको न्यूनतम सेवा मापदण्ड (एमएसएस) अनुगमन तथा मूल्याङ्कन तथा समीक्षा कार्यक्रममा उक्त जानकारी दिइएको हो । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश, सुर्खेतको आयोजनामा सम्पन्न मूल्याङ्कनमा अस्पतालको सेवा प्रवाहको तयारी अवस्थाको मूल्याङ्कनमा कार्यालय उत्कृष्ट बनेको जनस्वास्थ्य प्रशासक भानुभक्त बस्यालले बताए ।

उनका अनुसार सुशासन तथा व्यवस्थापन, चिकित्सकीय सेवा, फोहोरमैला व्यवस्थापनलगायत सहयोगी सेवाका सूचकका आधारमा एमएसएस अनुगमन तथा मूल्याङ्कन गरिन्छ । “केही पक्षहरूमा अझै सुधार आवश्यक देखिन्छ, ती सुधारलाई कार्यान्वयनको चरणमा लैजानुपर्छ,” उनले भने । मूल्याङ्कनले सेवा सुविधा पूर्ण रूपमा सुधार भइसकेको भन्दा पनि सेवा प्रवाहको तयारी अवस्था उत्कृष्ट रहेको देखाएको उनको भनाइ थियो ।

 

कार्यक्रममा कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले सेवा सहज र विस्तार गर्न कागजी रूपमा मात्र नभई व्यवहारिक रूपमा सुधार हुनुपर्ने बताए । अनुगमन मूल्याङ्कनका आधारमा मात्रै अस्पतालको सेवा सुविधा पूर्ण रूपमा सुधार भइसकेको भन्न नसकिने उल्लेख गर्दै दुर्गम जिल्लामा यतिको स्वास्थ्य सुधार ल्याउनु ठूलो उपलब्धि भएको बताए ।

 

स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्नवीर सुनारले अस्पतालको निरन्तर प्रयास र टिमवर्ककै कारण सकारात्मक नतिजा आएको बताए । “अस्पतालको सेवा सुविधा सुधारका लागि निरन्तर रूपमा काम गरिरहेका छौँ, अहिले त्यही प्रयासको नतिजा देखिएको हो,” उनले भने । अस्पतालको सम्पूर्ण टिम नै गुणस्तरीय सेवा सुधारमा सक्रिय रहेको उनको भनाइ थियो ।

 

कार्यक्रम प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको प्रमुख आतिथ्यता, स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्नवीर सुनारको अध्यक्षता तथा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका जनस्वास्थ्य प्रशासक भानुभक्त बस्यालको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।

 

कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय मुगुका डा. निर्मल नगरकोटी, दैलेखका प्रमुख डा. मनोज विक, संयोजक मोहन चपाईं, सुरज श्रेष्ठ, तथ्याङ्क अधिकृत कमल सुवेदी, युनिसेफ नेपालका किशोर अवस्थी र कृष्णहरी मैनालीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन जनस्वास्थ्य अधिकृत कटक महतले गरेका थिए।

 

सो अवसरमा विभिन्न विभागीय कार्यको समन्वयको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको भन्दै डा. दर्शन प्रसाद पाण्डेलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। साथै, विभिन्न विभागमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो।

झिल्को खबर देखि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP