ताजा
सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||    यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||   
सोमबार , असार १, २०८३

पूर्ण सार्की/ डोल्पा। हिमाली जिल्ला डोल्पाको ठुलेपाल्ता पाटनमा लुकीछिपी यार्सागुम्बा चोर्न जाने २ जना पक्राउ परेका छन् ।

जिल्लाको जगदुल्ला गाउँपालिका १ स्थित ठुलेपाल्ता पाटनमा लुकीछिपी यार्सागुम्बा चोर्न जाने सोही वडाकी ३२ वर्षीय लामु बुढा र जुम्लाको गुठीचौर गाउँपालिका १ मणिसागु बस्ने ३८ वर्षीय काली महतारालाई निकुञ्जको तोईजुमस्थित नेपाली सेनाको सुरक्षा पोष्टले पक्राउ गरेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।

निकुञ्जका अनुसार सुरक्षा टोलीले उनीहरूको साथबाट मोबाइल १ थान, झोला २ वटा, कुटी २ वटा तथा सलाइ २ वटा बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सिनियर गेम स्काउट दीपक शाहलाई बुझाइएको जनाइएको छ ।

यार्सा संकलको लागि पाटनहरु नखुल्दै निकुञ्जले आफ्नो क्षेत्रभित्र लुकिछिपी यार्सागुम्बा संकलन गर्ने जाने २५ जनालाई यो भन्दा अगाडि पक्राउ गरिसकेको छ ।

यार्सागुम्बा संकलनको समय नजिकिँदै गर्दा डोल्पाका यार्सापाटनहरुमा सुरक्षा बढाइएको छ । यो वर्ष यार्सागुम्बा संकलनका लागि जिल्लाका सम्पूर्ण यार्सापाटनहरु जेठ १० गते खुल्ला गरिने निर्णय गरिएको छ ।

निकुञ्जले यार्सापाटनहरु आधिकारिक रूपमा नखुल्दै कोही कसैलाई चोरीको लागी पाटनतिर नजान आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP