डोल्पा । कर्णाली प्रदेश सरकारले डोल्पाको सदरमुकाम दुनै, सुर्खेतको वीरेन्द्रनगर, दैलेखको नारायण सहितका बजारलाई ‘स्मार्ट सिटी’का रूपमा विकास गर्न ३७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह ले मंगलबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।













