ताजा
कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||   
सोमबार , असार १, २०८३

१ साउन, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातिको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउन रोक लगाएको छ ।

प्रशासन कार्यालय सुर्खेतले सोमबार एक सूचना जारी गर्दै रत्न राजमार्गको सुर्खेत–नेपालगञ्जको कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउन रोक लगाएको हो ।

आइतबार बिहान जङ्गली जनावरको आक्रमणबाट भेरीगङ्गा नगरपालिका–५ गेरवानी सुर्खेतका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि ओलीको मृत्यु भएको थियो ।

उक्त मृत्युको घटनाले ध्यानाकर्षण भएको बताउँदै प्रशासनले नागरिक सचेतनाका लागि यो सूचना गरिएको कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले जानकारी दिए ।

सोही घटनालाई लिएर त्यहाँका स्थानीयवासीले सोमबार आन्दोलन गर्दा सडक अवरुद्ध भएको थियो । प्रशासनले उक्त अवरुद्ध सडक छ घण्टापछि खुलाएको थियो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जङ्गली जनावरको आक्रमणबाट सुरक्षित हुनका लागि साना दुई पाङ्ग्रे सवारी साधनलाई रातको अवधिमा सञ्चालन नगर्ने, दिनमा चार पाङ्ग्रे सवारी साधनको अगाडि÷पछाडि सञ्चालन गर्ने र त्यसका लागि सुरक्षा निकायले आ–आफ्ना युनिटहरुलाई निर्देशन दिने निर्णय भएको अधिकृत लामिछाने बताए ।

हेर्नुस् सूचना 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP