ताजा
कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||    शे-फोक्सुण्डोमा पालिकाको समन्वय बिना मनपरी आयोजना सञ्चालन नगर्न निर्देशन  ||   
सोमबार , असार १, २०८३

भदौ ३, काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आमाको दूध भण्डारण गर्न मिल्ने ‘ह्युमन मिल्क बैंक’ उदघाटन भएको छ । अस्पतालको ६४ औं वार्षिकोत्सवमा अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार देशकै पहिलो ह्युमन मिल्क बैंक ‘अमृत कोष’को उद्घाटन गरेकी हुन् ।

सुरुमा प्रसूति गृहमै जन्मिएका तर आमाको दूध नआएर वा अन्य कारणले आमाको दूध पाउन नसक्ने शिशुलाई दूध उपलब्ध गराउने उद्देश्यले अमृत कोषको स्थापना गरिएको अस्पतालका निर्देशक डा. अमिर बाबु श्रेष्ठले बताए । उनका अनुसार अघिल्लो वर्ष ‘ह्युमन मिल्क बैंक’ को स्थापना गर्ने अवधारणा ल्याएको थियो ।

‘बाल बालिकामैत्री स्वास्थ्य प्रणाली सुनिश्चित गर्नका लागि समय नपुगी जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई आवश्यकता परेको बेलामा अरू आमाहरूको दूध उपलब्ध गराउनेछौं,’ डा. श्रेष्ठले भने, ‘पहिला आमाहरुको दूध नआउँदा बट्टाको दूध प्रयोग गरिन्थो । तर, अब यसलाई हामीले पूर्ण निषेध गरेका छौं ।’

चिकित्सकका अनुसार बट्टाको दूध शिशुहरुको लागि कम स्वस्थ्यकर हुन्छ ।

हरेक वर्ष विश्वभर करिब १ करोड ५० लाख शिशुहरू समय नपुगी नै जन्मिने गरेका छन् । शिशुहरू आफ्नो जीवनको पहिलो महिनामा मृत्युको उच्च जोखिममा हुन्छन् भने समय नपुगि जन्मेका र कम तौल भएका शिशुहरू अझ बढी जोखिममा हुन्छन् ।

सन् २०१९ को नेपाल बहुसूचक सर्वेक्षण अनुसार नेपालमा नवजात मृत्यु दर (जीवनको पहिलो २८ दिनमा प्रति १००० जीवित जन्ममा मृत्यु हुनेको संख्या) १६ छ । त्यस्तै, शिशु मृत्यु दर (प्रति १००० जीवित जन्ममा १ वर्षभन्दा कम उमेरको मृत्यु हुनेको संख्या) २५ र ५ वर्ष मुनिको मृत्यु दर (प्रति १००० जीवित जन्ममा) २८ छ ।

स्तनपानले बच्चाको पहिलो खोपको रूपमा काम गर्ने र बाल्यकालका सामान्य रोगबाट बचाउने गर्छ ।

‘बच्चाको मृत्युदर र आमाको दूधसँग ठूलो सम्बन्ध छ । जुन शिशुले आमाको दूध खाएको शिशु बिरामी हुने सम्भावना थोरै हुन्छ । विभिन्न खालका संक्रमणबाट बच्चालाई जोगाउन समेत आमाको दूधको धेरै भूमिका हुन्छ,’ डा. श्रेष्ठ भन्छन् ।
अस्पताललाई सरकारले स्थापनाका लागि गत वर्ष १ करोड ५ लाख बजेट पनि दिएको थियो । यो बैंक स्थापना गर्न प्राविधिक सहयोग युनिसेफले गरेको छ र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको ‘पाथ’ले स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको छ ।

मासिक १००० जना बच्चाहरूलाई ‘ह्युमन मिल्क बैंक’ ले प्रत्यक्ष रुपमा लाभ दिने अस्पतालले आकलन गरेको छ ।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा आर्थिक वर्ष २०७८–०७९ मा २४ हजार ३६९ जना सुत्केरी भएका थिए । जसमध्ये ९ हजार ११८ जनाको शल्यक्रिया भएको अस्पताल प्रशासनले जनाएको छ । प्रसूति गृहमा दैनिक ६० देखि ७० जना सुत्केरी हुने र जन्मिएका शिशुमध्ये सीसीयूमा राखिएका ४० प्रतिशत जतिलाई दूधको आवश्यकता पर्ने अस्पतालकी नवजात शिशु विभागकी प्रमुख तथा बालरोग विशेषज्ञ डा. कल्पना सुवेदी बताउँछिन् ।

‘बच्चाका लागि आमाको दूध नै सबैभन्दा उत्तम हो । कतिको आमाको दूध नै आउँदैन । नवजात सघन उपचार केन्द्र (सीसीयू) मा राख्नुपर्ने, कम तौल भएका शिशुलाई दूध दिन थालका छौं,’ सुवेदीले अनलाइखबरसँग भनिन्, ‘अहिलेको लागि दैनिक ४ लिटर दूधको आवश्यकता पर्छ ।’

कतिपय महिलाको दूध कम आउने हुँदा बच्चाको दुई दिनको हुँदा पुग्ने दूधले त्यसपछि बिस्तारै नपुग्ने हुनसक्ने उनी बताउँछिन् ।

‘जब आमाको दूध पर्याप्त हुँदैन वा उपलब्ध हुँदैन नवजात शिशुलाई बट्टाको दूध दिइने गरिन्छ । तर बट्टाको दूध खुवाउँदा त्यस्ता शिशुहरूमा संक्रमण (सेप्सिस) र नेक्रोटाइजिङ इन्टेरोकोलाइटिस् (आन्द्रासम्बन्धी एक प्रकारको रोग) को जोखिम उच्च हुन्छ,’ डा. सुवेदी भन्छिन्, ‘बट्टाको दूध खुवाइएका शिशुहरूमा यो समस्या उनीहरू २ हप्ता पुग्दादेखि नै देखिन थाल्छ । दान गरिएको आमाको दूध खुवाउन सकिए बट्टाको दूधका नकरात्मक असरहरूबाट जोगाउन सकिन्छ ।’

ह्युमन मिल्क बैंकमा दूध कसरी राखिन्छ ?

कतिपय महिलाको दूध धेरै आएर त्यत्तिकै दुहेर फाल्नुपर्ने अवस्था पनि आउने आउने भएकाले त्यस्ता महिलाले दूध दान गरेर मिल्क बैंकमा राख्न सकिने सुवेदी बताउँछिन् ।

उनका अनुसार संकलन गरिएको दूधमा कुनै रोगव्याधी नरहेको परीक्षणबाट सुनिश्चिततापछि पास्चराइजेसन गरेर एक सय मिलिलिटरको बोतलमा राखिन्छ । त्यसपछि माइनस २० डिग्री सेल्सियस तापक्रमको डिप फ्रिजरमा राखिने उक्त बोतल आमाको दूध नपाएका शिशुलाई उपलब्ध गराइनेछ । ‘पास्चराइजेशन गरेपछि पनि हामीले अन्य कुनै किटाणु छ कि छैन भनेर माइक्रोबाइलोजीको परीक्षण गछौं,’ डा. सुवेदीले भनिन्, ‘ पूर्णता स्वच्छ भएको दूधलाई तीनदेखि छ महिनासम्म प्रयोग गर्न सकिन्छ ।’

उनका अनुसार त्यसमा आमाको दूधमा हुने सबै तत्व रहने भएकाले त्यो बट्टाको दूधको तुलनामा पोषिलो हुन्छ ।

उनका अनुसार दूध दान गर्ने आमाहरूले ६ महिनाभित्र प्रमुख तीन परीक्षण एचआईभी, भेनेरल डिजिज रिसर्च ल्याबोरोटरी टेस्ट (भीडीआरएल), हेपटाइटिस बी सर्फेस एन्टिजेन टेस्ट (एचबीएसजी) परीक्षणमा नेगेटिभ आएको तथा दीर्घकालीन रोग नभएका महिलाले मात्रै दूध दान गर्न सक्छिन् । त्यसपछि स्वस्थ्य आमाको दूध इलेक्ट्रिक र म्यानुअल पम्प उपलब्ध माध्यमले आमाको दूध संकलन गरिन्छ ।

दूध खुवाउन नसक्ने वा खान नसक्ने बच्चाका लागि संकलन गरेको दूध २४ घण्टा भित्र खुवाउनुपर्दा रेफ्रिजिरेटरमा २ देखि ८ डिग्री सेल्सियससम्म राख्न सकिने छ । त्यसभन्दा बढी दिनमा राख्नुपरेमा आमाको दूध माइनस २० डिग्रीमा तापक्रममा डिप फ्रिजमा राखिन्छ ।

Source: onlinekhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP