ताजा
कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||    डोल्पाको दुनैसहित कर्णालीका अन्य सहरलाई ‘स्मार्ट सिटी’ बनाउन ३७ करोड बजेट  ||    डोल्पासहित साविक कर्णालीमा च्याङ्ग्रा क्लस्टर विकासका लागि १२ करोड १७ लाख बजेट  ||    कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत  ||    ‘देशकै धनी महानगर चलाउने र एसियाकै गरिब मध्येको देश चलाउने तरिका एउटै हुँदैन’  ||    डोल्पाको सदरमुकाम दुनैस्थित बेलिब्रिज आसपासमा सशस्त्र प्रहरीद्वारा मर्मतसम्भार  ||   
सोमबार , असार १, २०८३

सुर्खेत:कर्णाली प्रदेश सरकारले १४ स्थानीय तहहरूसँग अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमका लागि साझेदारी गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले अपाङ्गता भएका व्यक्तिको उपचार, रोकथाम तथा पुनर्स्थापनाका लागि स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन गर्न लागेको हो । सोमबार कार्यक्रम सञ्चालनका लागि मन्त्रालय र स्थानीय तहहरूबीच साझेदारी गरिएको हो ।

 

साझेदारी कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले सबै स्थानीय तहहरूबाट प्रस्तावना आव्हान गरेको थियो । जसमा कर्णालीका ७९ स्थानीय तहमध्ये १४ वटा प्रस्ताव पेश भएको सामाजिका विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख सुवर्ण खड्काले जानकारी दिए । उनका अनुसार सुर्खेतका भेरीगङ्गा नगरपालिका, पञ्चपुरी नगरपालिका, चौकुने गाउँपालिका, सिम्ता गाउँपालिका, कालीकोटको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र शुभकालिका गाउँपालिका रहेका छन् ।

 

यस्तै, रूकुमपश्चिमको चौरजहारी नगरपालिका र मुसीकोट नगरपालिका, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका, दैलेखको महाबु गाउँपालिका, सल्यानको दार्मा गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र हुम्लाको सिमिकोट गाउँपालिका रहेका छन् ।

 

यी स्थानीय तहहरूमा करिब १० हजार अपाङ्गता भएका व्यक्तिहरू यो कार्यक्रम मार्फत लाभ लिनसक्ने अनुमान गरिएको छ । तर, कार्यक्रम सञ्चालन भने स्थानीय तहहरूले प्रस्ताव गरेअनुरूप हुने जनाइएको छ ।

 

मन्त्रालयद्वारा जारी गरिएको अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रम सञ्चालन निर्देशिका बमोजिम कार्यक्रम सञ्चालन हुनेछ। सोही अनुरूप अपाङ्गता रोकथाम तथा सहजीकरण सम्बन्धी कार्यक्रम, अपाङ्गता पहिचान र उपचार, अपाङ्गता भएका व्यक्ति र परिवारको जीवनस्तर सुधार लक्षित कार्यक्रम, संस्थागत सुदृढीकरण लगायतका कार्यक्रमको मुख्य क्रियाकलापहरू समावेश हुनेछन् ।

 

निर्देशिका बमोजिम क्रियाकलाप सञ्चालन गर्न मन्त्रालयले विभिन्न अन्तराष्ट्रिय तथा राष्ट्रिय संघ संस्थाहरूसँग प्राविधिक सहकार्य गर्ने सक्ने व्यवस्था बमोजिम करूणा फाउण्डेसन नेपाल, एनएफडी-एन र युनिसेफसँग समन्वय सहकार्य गरिएको मन्त्रालयले जनाएको छ ।

 

सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले मानवता प्रवर्द्धनका लागि सबै नियकालाई जिम्मेवार बन्न आह्वान गरेका छन् । सोमबार आयोजित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रमका लागि स्थानीय तहका पदाधिकारी तथा सरोकारवाहरूमाझ अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितताका लागि सार्वजनिक सेवा र बस्तु प्रवाहमा प्राथमिकीकरण गर्नुपर्ने बताए ।

कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूले जिम्मेवारपूर्वक काम गरिदिन आग्रह गरे। अपाङ्गता भएका व्यक्तिहरूसँग स्थानीय तहहरू प्रत्यक्ष रूपमा जोडिने भएकोले प्रदेश सरकारले पालिकासँगै साझेदारी गरेको बारे स्पष्ट पारे। बजेट सक्ने मात्रै भन्दा पनि लाभान्वित व्यक्तिहरूलाई अधिकतम लाभ हुनेगरी कार्य गर्न समेत ध्यानाकर्षण गराए।

प्रदेश सरकारले विभिन्न निकायसँगको साझेदारीमा कृतिम अंगहरू निर्माण गर्ने र निःशुल्क प्रदान गरिने सरकारको जानकारी दिए। त्यसका लागि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश हुनेबारे संकेत गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP