ताजा
भेरीकरिडोर अन्तर्गत डोल्पाको लासीक्याप-सीसौल खण्ड तीन वर्षभित्र निर्माण सम्पन्न गरिने  ||    जगदुल्ला जलविद्युत आयोजनाले कर्णालीमा विकासको ढोका खोल्छ : ऊर्जामन्त्री श्रेष्ठ  ||    मुगु जिल्ला छोरी सञ्जालको अध्यक्षमा सिद्दा देवि बुढा चयन  ||    दैलेख जिल्ला छोरी सञ्जालको अध्यक्षमा गंगा थापा चयन  ||    डोल्पामा दश रोपनी क्षेत्रफलमा उम्रिएका गाँजाका बोट प्रहरीद्वारा नष्ट  ||    लामो खडेरीपछि वर्षाको कामनासहित जलजात्रामा निस्किए डोल्पाबासी  ||    स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै मुड्केचुलाले ल्यायो ४० करोड बढीको बजेट    ||    डोल्पामा मोटरसाइकल दुर्घटनामा घाइते एकजनाको सेनाको हेलिकोप्टरबाट उद्धार  ||   
बिहिबार , असार १८, २०८३

डोल्पा। हिमाली जिल्ला डोल्पामा प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालको नेतृत्वमा प्रहरी सहित ट्राफिक प्रहरीले  सरप्राइज सवारी चेकिङ सञ्चालन गरेको छ।

जिल्ला भित्रको सडकसँगै सवारी साधनको अवस्था र यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै प्रजिअ हमाल सहित आइतबार भेरिकरीडोर सडकखण्ड अन्तर्गत जिल्लाको ठुलीभेरी नगरपालिका-०३ धुपीचौरमा गरिएको सरप्राइज चेकिङमा सात सवारी साधन कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सडकको अवस्था र यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै गरिएको सरप्राइज चेकिङका क्रममा एक मोटरसाइकल, ठूलीभेरी नगरपालिकाद्वारा सञ्चालित नगर बस, चार वटा जीप र एक ट्रक कारबाहीमा परेका हुन् । उक्त कारबाहीबाट कुल ८ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जानकारी दिएको छ।

प्रमुख जिल्ला अधिकारी हमाल स्वयं सडकमा उपस्थित भई सवारी साधनको चेकजाँचमा सहभागी भएपछि चालक तथा सर्वसाधारणको समेत ध्यानाकर्षण भएको थियो।

यस अवसरमा प्रमुख जिल्ला अधिकारी हमालले सडक सुरक्षा र यातायात व्यवस्थापन प्रशासनको उच्च प्राथमिकतामा रहेको बताइन्।

उनले विगतदेखि नै सडक सुरक्षालाई विशेष प्राथमिकता दिँदै आएको उल्लेख गर्दै यात्रु तथा चालक सबैले ट्राफिक नियम र सडक सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइन्।

उनले भनिन्, ‘सडक सुरक्षालाई मध्यनजर गर्दै यात्रुहरूलाई कुनै पनि अप्रिय घटना नहोस् भन्ने उद्देश्यले हामी सचेतना र नियम कार्यान्वयनमा केन्द्रित छौं। सबैले सडक सुरक्षाका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्छ। प्रशासन र प्रहरी सडक सुरक्षाप्रति पूर्ण प्रतिबद्ध छ।’

त्यस्तै, जिल्लाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले सवारी साधनको अनुगमन र चेकजाँचलाई अझ प्रभावकारी बनाइने बताए। उनले मापदण्ड विपरीत सञ्चालनमा रहेका सवारी साधनमाथि दैनिक निगरानी र आवश्यक कारबाहीलाई निरन्तरता दिइने जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयले ट्राफिक नियमको पालना गराउने, सवारी दुर्घटना न्यूनीकरण गर्ने तथा सुरक्षित यात्रालाई प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता सरप्राइज चेकिङ अभियानलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP