दैलेख। दैलेख जिल्ला स्तरीय छोरी सञ्जाल गठन गरिएको छ। कर्णाली प्रदेश छोरी सञ्जालकी सचिव मुना शर्माको अध्यक्षतामा ९ सदस्यीय जिल्ला छोरी सञ्जाल गठन गरिएको हो ।
मंगलबार बसेको भेलाले जिल्ला सञ्जालको अध्यक्षमा गंगा थापासहित ९ सदस्यीय कमिटी गठन गरेको छ। सञ्जालको उपाध्यक्षमा लक्ष्मी सुनार, सचिवमा भावना लामिछाने, सहसचिवमा पुस्पा कुमारी थापा र कोषाध्यक्षमा शुसिला बडुवाल चयन भएकी छन्। त्यसैगरी सदस्यहरूमा प्रतीक्षा भटराई , निशु खड्का , दुर्गा थापा र तिर्सना वलि रहेकी छन्। जिल्लाका विभिन्न स्थानीय तहबाट प्रतिनिधित्व गर्ने छोरीहरूको सहभागितामा सम्पन्न भेलाले छोरीहरूको हक, अधिकार, नेतृत्व विकास तथा सशक्तीकरणका विषयमा छलफल गर्दै विभिन्न प्रस्ताव तथा निर्णय पारित गरेको थियो ।


नवनिर्वाचित सञ्जालले जिल्लाभर छोरीहरूको हक अधिकार संरक्षण, नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा सशक्तीकरणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।











