ताजा
जगदुल्ला जलविद्युत आयोजनाले कर्णालीमा विकासको ढोका खोल्छ : ऊर्जामन्त्री श्रेष्ठ  ||    मुगु जिल्ला छोरी सञ्जालको अध्यक्षमा सिद्दा देवि बुढा चयन  ||    दैलेख जिल्ला छोरी सञ्जालको अध्यक्षमा गंगा थापा चयन  ||    डोल्पामा दश रोपनी क्षेत्रफलमा उम्रिएका गाँजाका बोट प्रहरीद्वारा नष्ट  ||    लामो खडेरीपछि वर्षाको कामनासहित जलजात्रामा निस्किए डोल्पाबासी  ||    स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै मुड्केचुलाले ल्यायो ४० करोड बढीको बजेट    ||    डोल्पामा मोटरसाइकल दुर्घटनामा घाइते एकजनाको सेनाको हेलिकोप्टरबाट उद्धार  ||    डोल्पाको सुलिगाड खोलामा भेटिएको शव २४ घण्टापछि उद्धार, पहिचान खुल्यो  ||   
बिहिबार , असार १८, २०८३

डोल्पा। हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ४० करोड ४० लाख ४० हजार ४० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

गाउँपालिकाको सोमबार सम्पन्न १९औँ गाउँसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै उक्त बजेट सर्वसम्मत रूपमा पारित गरिएको हो। जिल्लाका अन्य स्थानीय तहहरूले असार १० गतेभित्र बजेट सार्वजनिक गरिसकेका भए पनि मुड्केचुलाले प्राविधिक कारणले सोमबार मात्रै बजेट प्रस्तुत गरेको पालिकाका अध्यक्ष दत्त बहादुर शाहीले जानकारी दिए ।

उनले बजेटले पूर्वाधार विकास, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना तथा आर्थिक समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको बताए।

अध्यक्ष शाहीका अनुसार स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता दिँदै नागरिकको आधारभूत सेवा सहज बनाउने लक्ष्यसहित बजेट विनियोजन गरिएको छ।

‘हामी दोस्रो कार्यकालको अन्तिम वर्षमा छौँ। बजेट निर्माणमा कुनै पनि क्षेत्र वा बस्तीप्रति विभेद गरिएको छैन। आवश्यकताका आधारमा समान रूपमा बजेट विनियोजन गरेका छौँ,’ अध्यक्ष शाहीले भने।

गाउँपालिकाकी उपाध्यक्ष दुदा रोकायाले प्रस्तुत गरेको बजेट गाउँसभाले सर्वसम्मत रूपमा पारित गरेको हो। उपाध्यक्ष रोकायाले प्राविधिक कारणका कारण असार १० गते बजेट पेश गर्न नसकिएको र असार १५ गते गाउँसभामा पेश गरी पारित गरिएको जानकारी दिइन्।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा विकास निर्माणका कामलाई तीव्रता दिनुका साथै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार क्षेत्रलाई केन्द्रमा राखेर बजेट कार्यान्वयन गर्ने जनाएको छ।

यससँगै मुड्केचुला गाउँपालिकाले जिल्लामा रहेका ६ गाउँपालिका मध्य सबैभन्दा बढी बजेट ल्याउने स्थानीय तह समेत बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP